चार शिक्षकलाई बिदाई

सुकेपोखरी, २० मई।


लाठपञ्चर उच्चतर माध्यमिक विद्यालयमा एकैसाथ अवकाश ग्रहण गरेका चारजना शिक्षण कर्मचारी क्रमैले उपप्रधानाध्यपक जीबी सुब्बा,डीबी छेत्री,एसडी ब्लेन तथा श्रीमती बी राईलाई एउटा समारोहबिच भावपूर्ण विदा गरियो । शिक्षण प्रभारी एसके राईको अध्यक्षतामा विनय रसाइलीले सञ्चालन गरेको कार्यक्रममा साहित्यिक र सांस्कृतिक प्रस्तुती समावेश गरिएको थियो । विदायी शिक्षणकर्मीलाई विद्यालय पक्षबाट अङ्गबस्त्र,स्मृतिचिन्हसितै सूनको औंठी प्रदान गरेर सम्मान जनाइयो ।

विद्यार्थीवर्गले पनि खदामाला अर्पण गर्दै आकर्षक उपहार प्रदान गरे । सम्बोधनको क्रममा एचएम एसके राईले विदायी शिक्षकवर्गको योगदानमाथी प्रकाश पारे । उल्लिखित शिक्षणकर्मीले ८० प्रतिशत मानिसहरूलाई शिक्षादान गरेको उनले बताए। विदायी शिक्षणकर्मीले पनि आफ्नो अनुभव साझा गरे ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया