गोरामुमो समर्थक गोजमुमोमा सामेल

सजन शर्मा, सुकेपोखरी २१ मई।


सुके मानेभञ्ज्याङ समष्टिको प्लुङदुङ ब्लकबाट नौजना गोरामुमो समर्थक गोजमुमोमा सामेल भएका छन् । मोर्चा कार्यलयमा गएर समष्टि अध्यक्ष बुद्ध तामाङ ,सचिव राजेन निरौला,युवामोर्चाका टासी भोटिया तथा अन्यको उपस्थितिमा सामेल भएका समर्थकहरूलाई स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरियो ।

गोरामुमोबाट मोर्चामा सामेल हुनेहरूमा विद्यासागर खतिवड़ा,समीर छेत्री,सचिन चामलिङ,प्रितम अधिकारी,उदय राई,अविनाश राई,सदिन राई,सञ्जिव छेत्री र प्रज्ज्वल छेत्री रहेका छन्।


 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया