बाउमाविले खोल्दैछ जीटीए शिक्षा व्यवस्थाको पोल

डुवर्स खबरदाता, 12 मई।


 सभासद् रोशन गिरीले विद्यालयलाई मोडल स्कुलको रुपमा स्थापित गर्ने दिशामा जीटीएले पहल गर्ने आश्वासन दिएका थिए। विधायक डा. हर्कबहादुर छेत्रीले बाग्राकोट उच्चतर माध्यमिक विद्यालयले स्कुल बिल्डिङको लागि चिन्ता गर्ननहुने कुरो सार्वजनिक गरेका थिए।


विशेष गरी पश्चिम डुवर्सका नेपाली भाषी र कालेबुङ-१ का मानिसहरूका लागि महत्वपूर्ण मानिने बाग्राकोट उच्चतर माध्यमिक विद्यालयले गत बिहीबारको विद्यालय प्राङ्गनको खुला ठाउँमा दिन निर्धारित मितिको एक दिनपछि स्थापना दिवसको औपचारिकता पूरा गऱ्यो। ६८ वर्ष अघि १० मईको दिन स्थापना भएको यस विद्यालयको स्थापना दिवस समारोहको आयोजनमा गत वर्षहरूको तुलनाम अव्यवस्था र लाचारीपना झल्कन्थ्यो। स्थापना भएको प्राय: सत्तर वर्षपछि अडिटोरियम र स्कूल बिल्डिङको व्यवस्था नभएको वास्तविकतालाई बाग्राकोट उच्चतर माध्यमिक विद्यालयले उजागर मात्रै गरेन बुनियादी सुविधाको अभावमा कसरी पठन-पाठन व्वस्थालाई दुरुस्त पार्दै आइरहेको छ, त्यो कुरोलाई समेत साझा गर्ने प्रयास गऱ्यो।

दिउँसोको भुङ्रोजस्तो घाममा पनि विद्यार्थी र शिक्षकहरूले स्थापना दिवस सफलतापूर्वक पालन गर्ने हरसम्भव प्रयास गरे। गत बिहीबारको दिन ठाउँमा बाउमाविले घाममा तातिएर स्थापना दिवस पालन गरिरहेको थियो त्यस ठाउँमा बनाइएको मञ्चबाट केही वर्ष अघि सभासद् रोशन गिरीले विद्यालयलाई मोडल स्कुलको रुपमा स्थापित गर्ने दिशामा  जीटीएले पहल गर्ने आश्वासन दिएका थिए भने त्यही परिसरबाटै क्षेत्रीय विधायकको नातामा डा. हर्कबहादुर छेत्रीले बाग्राकोट उच्चतर माध्यमिक विद्यालयले स्कुल बिल्डिङको लागि चिन्ता गर्ननहुने कुरो सार्वजनिक गरेका थिए।

गत बिहीबारको दिउँसोको दृश्य देख्दा यस्तो लाग्थ्यो- जीटीए क्षेत्रको बुनियादी सुविधाबाट जर्जर बनेको विद्यालय अरु कतै छैन। स्थापना दिवस पालन गर्ने बाग्राकोट उच्चतर माध्यमिक विद्यालयको छुट्टै परम्परा रहिआएको छ।तर उक्त परमम्परालाई पन्छाएर यसपटक ६८ औ स्थापना दिवस पालन गऱ्यो। तर्तर पसिना चुहाउँदै विद्यार्थीहरू कार्क्रममा भाग लिइरहेको देखिन्थे।कार्क्रम प्रस्तुत गर्ने पालो पर्खिएर बसेका विद्यार्थी आफ्नो कला प्रदर्शन गर्न कोही छाता ओडेर कोही बिल्डिङको बरण्डामा घामसित लुकिचोरी खेलिरहेझैं देखिन्थे। १६ सयभन्दा धेरै विद्यार्थीहरू पढ्ने यो बाग्राकोट उमाविमा सम्पन्न स्थापना दिवसमा सम्भावत: पहिलोचोटि नता सम्बन्धित विभागका प्रतिनिधि उपस्थित थिए न त निर्वाचित प्रतिनिधिहरू नै सामेल थिए।

सञ्चालित समितिका अध्यक्षधरिको अनुपस्थिति रहेको समारोहमा दुई-तीन जना भुतपूर्व शिक्षक र कर्मचारीहरू निम्ताइएको थियो।आजसम्म यसरी अव्यवस्थित ढङ्गमा कुनै विद्यालयले स्थापना दिवस पालन गरेको यो पहिलो घटना हुनुपर्छ। केवल औपचारिकता पूरा गर्नको निम्तिजस्तो पूरै अव्यवस्थित ढङ्गमा समारोह आयोजना गरिएकोबारे शिक्षक प्रभारी निर्मल शर्माको जवाब थियो, कार्यक्रम गर्ने हल छैन। धेरै स्थापना समारोहमा हामीले अधिकारी र निर्वाचित प्रतिनिधिहरू निम्तायौं। उनीहरूले यो गरिदिन्छौं र त्यो गरिदिन्छौं भने तर काम भने कहीं कतैबाट पनि आजसम्म पूरा भएन।

समारोह सञ्चालन गरिरहेका शिक्षक सागर शर्माले पनि यस्तै दलिल दिँदै भने, अडिटोरियमको अभावमा यस्तो गर्न कर लाग्यो। स्थापना दिवसममा आफ्नो कला प्रदर्शन गर्नपाइने सपना बोकेर समारोहमा आएका विद्यार्थीहरू पनि यस प्रकारको आयोजनाप्रति असन्तुष्ट देखिन्थे। डुवर्सका भाष्मपितामह मानिने बद्रीनारायण प्रधानका मूल कर्मथलो मानिने यस बाग्राकोट उच्चतर माध्यमिक विद्यालयलाई उनैले बङ्गला माध्यमबाट नेपाली माध्यममा परिणत गराएका हुन्।

हाल अङ्ग्रेजी र नेपाली दुवै माध्यमममा पठनपाठन गरिने व्यवस्था छ यस विद्यालयमा। तर स विद्यालयले के-कस्ता बुनियादी समस्याहरू झेल्दै आइरहेको छ भन्ने कुरो बुझ्नलाई जीर्ण विद्यालय भवन ,विद्यार्थीहरूको निम्ति पुस्तकालयको अभाव,प्रयोगशालाको अभाव,विद्यार्थीहरूको तुलनामा शिक्षकहरूको सङ्ख्या आदिलाई नियाल्दा स्पष्ट हुन्छ। यस विद्यालयको स्थितिलाई हेर्दा यस्तो लाग्छ – जीटीए क्षेत्रको सभबैभन्दा अव्यवस्थित विद्यालय हो। जसको स्थितिलाई लिएर जीटीए शिक्षा विभागले आउँदा दिनमा यसको स्थितिलाई लिएर ध्यान नदिए आउँदा दिनमा यस विद्यालय बुनियादी समस्याबाट अझ जर्जरित बन्नपर्ने लगभग तय देखिन्छ।

भव्यमञ्चबाट खुला मैदानमा स्थापना दिवस पालन गर्ने स्थितिमा पुगेको यस विद्यालयको पठन-पाठन कतै खुला मैदानमै गर्नपर्ने दिन आइलाग्ने त होइन भन्ने प्रश्न गत बिहीबारको स्थापना दिवस समारोहको आयोजनले उठाएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन