स्वनिर्भर समूहहरूलाई लिएर कार्यक्रम

सजन शर्मा,सुकेपोखरी, २१ मई।


सिटोङ जीसीपीको सद्भावना स्वनिर्भर समूहको तत्परतामा सिटोङ लाठपञ्चर क्षेत्रका एकाधिक स्वनिर्भर समूहलाई लिएर गायन,नृत्य तथा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरियो। मोर्चा सिटोङ संयोजक शिशिर कुमार राईको प्रमुख आतिथ्यमा सिटोङ सार्वजनिक भवनमा आयोजित यस कार्यक्रमका अन्य अतिथिहरूमा ग्राम पञ्चायत इए लाक्पा दोर्जे शेर्पा,डिएलटी बीबी राई,सिएसपी प्रमिला राई आदिको विशेष उपस्थिति थियो ।

जमुना लेप्चाको स्वागत भाषण पछि अनिता भूजेलले सञ्चालन गरेको कार्यक्रमको हाजिरी जवाफ प्रतियोगितामा नवजागरण एसएचजी थाम प्रथम ,गरीमा एसएचजी रोलक द्वितीय,हिमाली एसएचजी बड़ासिटोङ तृतीय छनौट भयो । यसरी नै सिनियर सेक्सन नृत्य प्रतियोगितामा महिमा एसएचजी प्हिलो,बटवृक्ष एसएचजी दोस्रो र नवजागरण एसएचजी तेस्रो भयो। जुनियर सेक्सनमा प्रयत्नबाट प्रभात राई,सुरक्षाबाट प्रियङ्का गुप्त र बन्दनबाट करिना गुप्त प्रथम ,द्वितीय र तृतीय भए ।

गायन प्रतियोगितामा सुरक्षाबाट सन्देश थापा पहिलो,दीव्यज्योतिबाट दिपेश छेत्री दोस्रो अनि हिमालीबाट प्रमेश सुब्बा तेस्रो भए । सबै प्रतियोगिताका विजयी प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरियो । सम्बोधनको क्रममा प्रमुख अतिथि शिशिरकुमार राईले २०१५ मा स्थापित सद्भावना स्वनिर्भर दलका महिला कार्यकर्ताहरूको लगनशीलता र कार्य प्रणालीको मुग्धकण्ठले प्रशंसा गरे ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया