तृणमूलमा जनसमर्थन बढ्दै गइरहेको दाबी

मिरिक, २१ मई।


तृणमुल कंग्रेस पार्टीमा समर्थन गर्दै सामेल हुनेहरूको संख्या बढ्दै गएको छ। यस्तोमा सुके खण्डको सियोक चियाबारीको भञ्ज्याङ गाउँमा तृणमुल कंग्रेस पार्टी मिरिक महकुमा समितिको सभामा सियोक चियाबारीका गोजमुमो समर्थक तृणमुलमा सामेल भएका छन्। यस आसयको जानकारी तृणमुल कांग्रेस मिरिक महकुमा युवा अध्यक्ष सोभान घिसिङले दिएका छन्। महकुमा समितिका अध्यक्ष अनिल छेत्रीको अध्यक्षतामा भएको सभामा यस गाउँमा तृणमुल कांग्रेस पार्टीको बिस्तार क्रम शुरु भएको बताए।

साथै सामेल हुनेहरूलाई दलिय झण्डा प्रदान गरियो।सियोक चियाबारीमा पार्टीको बिस्तार गर्न अनि शाखालाई सुदृढ बनाउन बुथ कमिटी गठन गर्न आवश्यक छ भन्दै जसको निम्ति ऐतसिङ राईलाई प्रमुख संयोजक चुनिएको छ।साथै सामेल भएका सदस्यहरूलाई पनि यस कमिटीको सदस्यको रूपमा चयन गरिएको छ।जसमा मिलन भण्डारी प्रदीप दिलपाली अनुप राई दौलत गुरुङ मैती गुरुङ छमु तामाङलाई चयन गरेको छ।सभालाई सम्बोधन गर्दै महकुमा समिति अध्यक्ष अनिल छेत्री र युवा अध्यक्ष सोभान घिसिङले पहाडमा तृणमुल कांग्रेस पार्टीमा जनताको जनसमर्थन बढ्दै गएको दाबी गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया