दार्जीलिङको डाकघरमा पनि हड्ताल

दार्जीलिङ, 22 मई।


दार्जीलिङको मुख्य डाकघरमा पनि आजदेखि कर्मचारीवर्गले अनिश्‍चितकालीन हड़ताल शुरू गरे। जसको मूल माग डाक विभागमा कार्यरत ग्रामीण डाक सेवकहरूका लागि शीघ्र सातौं वेतन आयोग लागू गर्नुपर्छ भन्ने छ। फलस्वरूप यस हड़तालको कारण दार्जीलिङ क्षेत्रको डाक सेवा नराम्रोघतले प्रभावित बनेको छ भने डाक विभागका उच्च पदाधिकारीवर्गले डाकसेवा मात्रै भए पनि सुचारू गराउने प्रयात गरिरहेको छ।

हाल दार्जीलिङ डिभिजनअन्तर्गत पर्ने दार्जीलिङमा दुववटा सङ्गठन क्रमशः अल इण्डिया पोस्टल इम्प्लोइज युनियन र नेशनल एसोसिएशन फर पोस्टल इम्प्लोइजले संयुक्तरूपमा आन्दोलन गरेको कारण यहाँको डाकसेवासँगै इन्स्योरेन्स, व्याङ्किङ सेवा पनि प्रभावित बनेका छन्।

यसै सम्बन्धमा अल इण्डिया पोस्टल इम्प्लोइज युनियन दार्जीलिङ शाखाका सहसचिव असिम राईले भने-सातौं वेतन आयोग वर्ष 2016-देखिनै लागू भए पनि डाक विभागमा कार्यरत ग्रामीण डाक सेवकहरूका लागि यो आयोग लागू भएको छैन, यसैले उनीहरूका लागि पनि सातौं वेतन आयोग लागू हुनपर्छ भन्ने माग लिएरनै आजदेखि यस डाकघरका सम्पूर्ण कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्।

यसका साथै युनियनले पहाडका डाक कर्मचारीहरूको पहाडी भत्ता पनि बन्द गरिएको बताउँदै यसको विरोधमा पनि आन्दोलन शुरू गरिएको बताएको छ। अब जबसम्म यी कर्मचारीहरूको माग पूरा हुनेछैन, तबसम्म आन्दोलन जारी राख्ने पनि चेताउनी दिइएको छ।

हाल दार्जीलिङ डिभिजनअन्तर्गत पर्ने दार्जीलिङ, कालेबुङ र सिलगढ़ीमा कार्यरत ग्रामीण डाक सेवक लगभग 700 जति छन् भने आज सिलगढीको मुख्य डाकघरमा केही प्रतिशत काम भएको दार्जीलिङ डाकघरका शीर्ष अधिकारीले जनाएका छन्।

मिरिकः वेतन बृद्घिकाे मागमा अाजदेखि ग्रामीण डाक सेवकहरूले अनिश्चितकालीन डकघर बन्द गरे। ग्रामीण डाक सेवकहरू भवानी भण्डारी ,सुविन राई,अारपी शर्मा अनि प्रवेश राईले अाजदेखि सम्पूर्ण भारतवर्षभरि नै ग्रामीण डाक सेवकहरूले अनिश्चितकालीन डाकघर बन्द गरेकाे बताँउदै याे बन्दलाई डाकघरका क्लरिकल,डाकपाल अनि एमटीएसहरूले पनि सहयाेग गरेकाे बताए।

ग्रामीण डाक सेवकहरूले एअाईपीइयु,एफएनअाे,एनयुजीडीएस अनि एअाईजीडीएसयुकाे पनि सहभागिता रहेकाे जानकारी गराँउदै माग पूरा नभएसम्म डाकघरहरू बन्द रहनेछ भने।ग्रामीण डाक सेवकहरूले साताै वेतन अायाेग लागू गरेर वेतन वृद्धि गरिनु पर्ने मुख्य माग रहेकाे अवगत गराँउदै केन्द्र सरकारले कमलेस कमिटि गठन गरे पनि हालसम्म साताै वेतन अायाेग लागू नगरेकाे बताका छन्।

ग्रामीण डाक सेवकहरूलाई सिविल सर्वेन्टकाे दर्जा दिनुपर्ने ,नयाँ पेन्सन याेजना रद्ध गर्नु पर्ने अादि माग पनि ग्रामीण डाक सेवकहरूकाे रहेकाे जानकारी गराउँदै यी मागहरू शीघ्र पूरा गरिदिने सरकार समक्ष माग गरेकाे छ। ग्रामीण डाक सेवकहरू अाज विविध मागमा डाकघर अघि हडतालमा पनि बसे। यता अाजदेखि डाक घर अनिश्चितकालीन बन्द भएपछि मानिसहरूलाई धेरै असुविधा भएकाे देखियाे। डाकघरमाकतिपय कामहरू गर्न धेरै मानिसहरू मिरिक डाकघरमा अाएका थिए । डाक घर बन्द भएपछि मानिसहरू निराश भएर घर फर्किए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares