वाटर ट्रिटमेन्ट प्लान्टको टबमा लाश

मिरिक, 22 मई


मंगलबार अचानक एउटी महिलाको मृत शव मिरिक झिलमाथिको पीएचई विभागको वाटर ट्रिटमेन्ट प्लान्टको टबमा तैरिरहेको अवस्थामा पुलिसले फेला पाऱ्यो । शवलाई पुलिसले उद्धार गरेर छानविनको साथमा पोस्टमर्टमकोलागि उबं मेडिकल अस्पताल पठायो । प्राप्त जानकारी अनुसार मृतक महिलाको नाम सुनिता राई (३३) हो । उनी अाफ्नो माइत प्रताप गाउँ, वार्ड नम्बर सातमा नै बस्दै अाइरहेकी थिइन् । पुलिस पूर्ण छानविनमा जुटेको छ भने अचानक महिलाको शव तैरिरहेको अवस्थामा वाटर ट्रिटमेन्ट टबमा फेला परेकोले गाउँमा सनसनी मच्चिरहेको छ । प्राप्त जानकारी अनुसार मृतक महिलाको घर साँढे गाउँ मिरिक बस्ती हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares