जलढका, अप्पर गैरीगाउँमा तृणमूल बढ्दै

जलढका, 22 मई


45 नम्बर समष्टि, जलढका, अप्पर गैरीगाउँमा क्षेत्रिय तृणमूल युवाहरुको आयोजनामा तृणमूलको सभामा विभिन्न पार्टीका कार्यकर्ताहरू तृणमूलमा सामेल बनेका छन्। कम्युनिटी हल परिसरमा गरिएको सभाको अध्यक्षता निरसिला लामाले गरेका थिए।  तृणमूलमा सामेल हुने जलढका विभिन्न क्षेत्रका 70 घरका प्रतिनिधिहरूलाई  ब्लक युवा नेता सञ्जय गुरुङ र अन्यहरुले पार्टीको झण्डा दिएर तृणमूलमा स्वागत जनाए।

सभामा युवा नेतृत्व क्यामुलस राई, राज लामा, बिजय गुरुङ, मुनाल राई, शारदा शर्मा, सुवर्ण खड्का, सुबास खड्का र अन्यहरुको उपस्थिति थियो। सञ्जय गुरुङले पहाड़ी राजनीति खाल्डा खुल्डी, खोक्रो आश्वासन, नचाहिने ढाडस, हजारौ कठपुतलीहरूको भिडबीच हुर्किरहेको बताए। आफूहरू जनहितमा राजनीति गरिरहेको बताउँदै उनले  लुट र झुटको राजनीतिलाई तिलाञ्जली दिएर राजनीतिक मैदानमा सुशासनको रुख रोप्न शिक्षित जमात लागिपरेको पनि बताएको तृणमूल कङ्ग्रेस जलढका युवा को-अर्डिनेटर  सुबर्न खड्काले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares