तृणमूलतिर गोजमुमो-गोरामुमो कार्यकर्ता

सजन शर्मा, सुकेपोखरी २4 मई।


गोर्खा जनमुक्ति मोर्चा शेल्पु सिटोङ खण्ड समिति पूर्व अध्यक्ष गोपाल छेत्री सहित शेल्पु सिटोङ जीसीपीका एकाधिक गोजमुमो र गोरामुमो समर्थकहरू तृणमूल काङ्ग्रेसमा सामेल भएका छन् । तृकं खरसाङ महकुमा समिति अध्यक्ष मिङमा भोटियाको समष्टि भ्रमण अवधि आयोजित सभाबाट पार्टीमा सामेल समर्थकहरूलाई स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरियो ।

अन्य पार्टीबाट सामेल हुनेहरूमा सेवन गुरूङ,सुनिल खवास,महेश थापा,मोहनलाल खवास,अरूण भूजेल सामेल छन् । सभामा खरसाङ महकुमा समितिबाट समरित छेत्री तथा अन्य लाठपञ्चर संयोजक मधुसुदन छेत्री एवं अन्य नेतृत्ववृन्द उपस्थित थिए । सभामा पार्टी सुदृढ़ीकरण लगायत साङ्गठनिक विषयमा व्यापक चर्चा परिचर्चा भएको पत्रकार अरूण खवासबाट जानकारी पाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया