बनियो वैष्णवी दुर्गा मन्दिर

सजन शर्मा, सुकेपोखरी, २५ मई।


लाठपञ्चर चाम्रा गोदाम परिसरमा सन् १९८८ सालमा स्थापित वैष्णवी दुर्गा मन्दिर जीर्णोद्धारपछि हिज अर्थात २४ मईको दिन वैदिक विधि अनुसार उद्घाटन गरिएको छ।२३र२४मईमा आयोजित दुइदिवसीय धार्मिक कार्यक्रमबिच उद्घाटित उक्त मन्दिर जीर्णोद्धार कार्य ग्रामवासीको तत्परता अनि अर्थ र श्रमदानबाट सम्भव भएको समितिका डिएस सुब्बा अनि डिबि कार्कीले बताएका छन् ।

पण्डित ऋषि शर्माको अगुवाइमा तथा सातजना पुरोहितहरूको सानिध्यमा आयोजित यस कार्यक्रममा वेद पारयण,चण्डी पाठ,रूद्रि पाठ साथै हवनादि गरिएको थियो । पण्डित ऋषि शर्मा अनुसार हाल अधिकमास शुरू भएकोले अन्य आध्यात्मिक कार्य गर्न नसकिए पनि भगवान विष्णु पूजन गरिए अन्य देवी देवताको पूजनमा खासै दोष नलाग्ने उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया