सेन्तेरेम गायक प्रणेशको हल्का हल्काले जित्दैछ श्रोताको मन ( हेर्नुहोस् भिडियो)

Girl in a jacket

खरसाङ, २५ मई


नेपाली साङ्गीतिक क्षेत्रमा सेन्तेरेम गीत गाएर प्रसिद्धि कमाएका युवा गायक प्रणेश राईले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। कालेबुङ निवासी गायक प्रणेश राईको हल्का हल्का बोलको नयाँ गीतको म्यूजिक भिडियो  भर्खरै युट्युबमा रिलिज भएको हो।  हल्का हल्का- गायक आफैले लेखेका हुन्। सङ्गीत पनि राईकै छ। सङ्गीत संयोजन किरण छेत्रीले गरेका छन्।

यस गीतको भिडियोलाई नेपाली चलचित्र समेत निर्माण निर्देशन गरिसकेका  काठमाडौं निवासी देवकृष्ण देवानले निर्देशन गरेका हुन्। भिडियोमा साङ्गे शेर्पा र सृष्टि खापुङले अभिनय गरेका छन्।  भिडियोको छायाङ्कन कालेबुङ र वरिपरिका  ठाउँहरुमा गरिएको छ। भिडियोलाई बुढासुब्बा डिजिटल काठमाडौंले युट्युबमा सार्वजनिक गरेको हो।

ए साईला धेरै भो टेन्सन पिई दिऊँ न सेन्तेरेम- बोलको गीत गाएर नेपाली साङ्गीतिक क्षेत्रमा प्रसिद्धि कमाएका युवा गायक प्रणेश राईले विभिन्न ठाउँमा आयोजित साङ्गीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेका छन्। धेरै एल्बमहरुमा पनि आफ्नो स्वर दिइसकेका छन्। यो नयाँ गीतको भिडियो सार्वजनिक भएपछि श्रोताहरुको तर्फबाट धेरै राम्रो प्रतिक्रियाहरु पनि आइरहेको तथा आगामी अगस्त महिनाभित्र एकल एल्बम बजारमा ल्याउने तयारीमा रहेको युवा गायक प्रणेशस राईले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया