बाटो जिर्णोद्वार

सजन शर्मा, सुकेपोखरी, २६ मई।


सुकेपोखरी देखि धजे बस्तीसम्म २२किलोमिटर दुरत्वको सड़कमार्ग निर्माण कार्यमा विलम्ब भएको आरोपमा गोरामुमोले आपत्ती जनाउँदै क्षेत्रका प्रत्येक वाहनमा कालो झण्डा लगाएर विरोध प्रदर्शन गरे लगत्तै गएको १७ मार्चको दिन गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय सहसचिव ज्योति कुमार राईको विशेष उपस्थितिमा शिलान्यास गरिएको उक्त सड़कमार्ग जीर्णोद्धार कार्य तीव्र रूपमा परिचालन भइरहेको छ।

ठेकेदार समूहको सिमेक्स कम्पनीले दायित्व लिएको बाटोको निर्माणकार्य सटीक परिपाटीमा भइरहेको ठेकेदार समूहका सोभित तामाङ र विकाश शर्माको भनाइ रहेको छ । घरीघरी पर्नेगरेको पानीले काम गराइमा केही बाधा उत्पन्न भएपनि जनताको चाह अनि यातायात समस्यालाई ध्यानमा राखेर निर्माण कार्यमा निरन्तरता दिइएको द्वयले बताए । क्षेत्रका समग्र जनता खपतयोग्य सड़क निर्माणको पर्खाइमा बसेको बताइएको छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया