भ्रष्टाचार चाहने-नचाहनेबीचको लड़ाईंः तृणमूल

दार्जीलिङ खबरदाता, 12 मई।


गोजमुमो नेतृत्वावधीन दार्जीलिङ नगरपालिकाको बोर्डले नगरपालिका ऐनको अमान्य गर्दै दार्जीलिङ शहरी क्षेत्रमा बहुतले भवनहरु निर्माण गर्ने अधिकार दिएको छ। तर दार्जीलिङ नगरपालिकामा तृणमूल कंग्रेसको बोर्ड गठन भए यहाँ अवैध बहुतले भवनहरूको निर्माणमाथि पूर्णरूपले रोक लगाइनेछ।


 

चुनाउ प्रचारको मियाद समाप्त भयो। यसअघि दार्जीलिङमा तृणमूल कंग्रेसले अन्तिम चुनावी जनसभा गरेको थियो भने कालेबुङमा गोजमुमोले जनसभा गर्यो। दार्जीलिङको चुनावी जनसभामा राज्यका पर्यटन मन्त्री गौतम देवले दार्जीलिङ पहाड़का चारैवटा नगरपालिकामा तृणमूल कंग्रेसको स्थिति अतिनै बलियो छ भनिरहेकै समय उता कालेबुङमा तृणमूल कंग्रेसले कालेबुङ नगरपालिकाको वार्ड नम्बर 1 बाट खड़ा गराएको उम्मेद्वार पवन सुन्दास गोजमुमोमा सामेल भएको सूचना प्राप्त भएको थियो। यद्यपि, यसबारे मन्त्री देवसित प्रश्‍न गर्दा उनले यसबारे आफूलाई अहिलेसम्म केही थाह नभएको बताए।

यसअघि यहाँको चौकबजारमा आयोजित तृणमूल कंग्रेसको अन्तिम चुनावी जनसभालाई सम्बोधन गर्दै मन्त्री देवले भने-गोजमुमो नेतृत्वावधीन दार्जीलिङ नगरपालिकाको बोर्डले नगरपालिका ऐनको अमान्य गर्दै दार्जीलिङ शहरी क्षेत्रमा बहुतले भवनहरु निर्माण गर्ने अधिकार दिएको छ। तर दार्जीलिङ नगरपालिकामा तृणमूल कंग्रेसको बोर्ड गठन भए यहाँ अवैध बहुतले भवनहरूको निर्माणमाथि पूर्णरूपले रोक लगाइनेछ। यसका साथै उनले दार्जीलिङ पहाड़मा भइरहेको नगरपालिका चुनाउमा गोर्खा जनमुक्ति मोर्चाले विकासको एउटै मुद्दा पनि नउठाएको बताउँदै गोजमुमोले केवल भावनाको राजनीति गरेर जनतालाई दिग्भ्रमित पारिरहेको आरोप पनि लगाए। यसरीनै दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 20-बाट तृणमूल कंग्रेसका प्रार्थी बनेर चुनाउको मैदानमा उत्रिएका तृणमूल कंग्रेसका कार्यकारी अध्यक्ष एनबी खवासले पनि गोजमुमोमाथि कटाक्ष प्रहार गर्दै दार्जीलिङ पहाड़का जनताले भ्रष्टाचार चाहने र नचाहनेबीचको यस लड़ाईमा कसलाई छान्ने यसको दायित्व जनतालेनै लिनुपर्ने आह्वान गरे। उनले भने-गोजमुमोले दार्जीलिङ पहाड़को नगरपालिका चुनाउमा गोर्खाल्यान्ड बनाम बंगालको नारा दिएको छ।

सन् 2009 र 2014-को लोकसभा चुनाउमा पनि गोजमुमोको नारा गोर्खाल्यान्डनै थियो। तर खोई? अहिलेसम्म गोर्खाल्यान्ड भएको। यसैले गोजमुमो अध्यक्ष विमल गुरूङसित आँट छ अनि उनी बाबुका छोरा हुन् भने 2019-को लोकसभा चुनाउमा गोर्खाल्यान्ड बनाम दिल्लीको नारा दिनुपर्छ। किनभने, गोर्खाल्यान्ड दिने दिल्ली हो र दिल्लीको केन्द्र सरकारको विरोधमा नारा बुलन्द गर्नुपर्छ। उनले राज्यको ममता व्यानर्जी सरकारले दार्जीलिङ पहाड़मा गणतन्त्रको पुनर्बहाल गरेको दावी गर्दै अझै अघि भने-वर्ष 2011-को समय दार्जीलिङ पहाड़मा धम्कीको राजनीति चल्थ्यो, जसको फलस्वरूप 2011-को नगरपालिका चुनाउबारे दार्जीलिङ पहाड़का जनताले त्यति थाह पनि पाएनन्। त्यस समय इलेक्शन भएन, सेलेक्शन भयो। तर यसपाली पहाड़मा गणतन्त्र, शान्ति आएको कारण दार्जीलिङ नगरपालिकाको चुनाउमा मात्रै 22 जना निर्दल उम्मेद्वार मैदानमा खड़ा भएका छन्। उनले भने-राज्य सरकारसित भिजन अनि मिशन छ, यसै भिजनअनुसार दार्जीलिङ पहाड़का नगरपालिका क्षेत्रलाई विकासको मार्गमा अघि बढ़ाउने सरकारको मिशन छ। तर गोजमुमोसित केवल कमिशन खाने उद्देश्य छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन