लीजडीट प्रदान गरिने कार्य शुरु

मिरिक, 27 मई


मिरिक नगरपालिका ( मिरिक अर्द्धघोषित क्षेत्र) को वासिन्दालाई निजि गृह निजि भूमि योजना तहत अाज शनिबारदेखि लीजडीट प्रदान गरिने कार्य शुरु गरियो ।  वार्ड नम्बर तीन , थाना लाइनको ४५ जनालाई लीज डीटको कागज पत्र हस्तान्तरण गरियो । नगर प्रशासक एलबी राईको उपस्थितिमा भूमि अनि भूमि सुधार विभागको खरसाङ महकुमा भूमि सुधार अधिकारी निमा शेर्पा अनि विभागीय अधिकारीहरुले ४५ जना लाभार्थीहरुलाई कागजपत्र थमाए । यसमाथि महकुमा भूमि सुधार अधिकारी र नगर प्रशासक एलबी राई भने, ‘यो सीएमले नगरपालिका चुनाव अघि दिएको बचनको प्रतिफल हो। यसरी जनताको हितमा नपाले निरन्तर कार्य गर्नेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया