गोजमुमो बुथ लेभल कमिटि गठन

कालेबुङ, 2 7 मई


35 नम्बर समष्टि अन्तर्गत गैरीगाउँमा गोजमुमो -को बुथ लेभल कमिटी गठन भएको छ। स्थानीय सन्तोष दाहालको अध्यक्षतामा सम्पन्न एक सभाबिच उक्त कमिटी गठन गरिएको छ। 169 अनि 170 नम्बर बुथका जनसाधारणलाई लिएर गणेश हाई स्कुल परिसरमा सम्पन्न उक्त सभामा 170 नम्बर बुथ कमिटी गठन गरिएको छ।

कमिटीमा सभापति टेकेन्द्र अधिकारी, उपसभापति राधिका काफ्ले, सचिव नवराज अधिकारी, सह सचिव नाम्गे मगर, कोषाध्यक्ष देविका भण्डारी रहेका छन् भने यस अतिरिक्त 11 जना कार्यकरिणी सदस्यहरू चयन गरिएको छ। यसबहेक 169 नम्बर बुथ लेभल कमिटीमा हाल कृष्ण पोख्रेल अनि हिरण पौड्याललाई सयोजकको रूपमा चयन गरिएको छ भने आउँदो साताभित्र पूर्ण रूपमा कमिटी गठन गरिने भएको बताइएको छ।

सभालाई सम्बोधन गर्दै कालेबुङ जिल्ला प्रवक्ता भुवन पी. खनालले अबउसो यस कमिटी मार्फत नै विकासको कार्य हुने बताए। यसरी नै मुख्यमन्त्रीको कालेबुङ आगमन अवधी क्षेत्रबाट व्यापक मात्रामा उपस्थिति जनाएर मुख्यमन्त्रीलाई स्वागत जनाउने सभाले निर्णय लिएको बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया