आरकेको धुकधुकी 

सिटोङ, 27 मई


सिटोङ भेगमा हालसाल साहित्यिक-साङ्गीतिक साथै अन्य रचनात्मक क्रियाकलापले गति पक्रेको देखिन्छ |
त्यसै क्रममा एउटा नयाँ कड़ी जोडिएको छ | गुरुङ गाउँ जनमैदानमा अमरज्योति ग्राम सुधार समितिको तत्वावधानमा सम्पन्न एक कार्यक्रममा समितिकै प्रस्तुति सङ्गीतकर्मी आर. के. छेत्रीको नयाँ गीति एल्बम धुकधुकी लोकार्पित भएको छ |

डायरी गाउँ प्राथमिक पाठशालाका पूर्व प्रधानाध्यापक डोनाल्ड सादाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ स्रष्टा सुरेन्द्र थीङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए | सभापति, प्रमुख अतिथिलगायत वरिष्ठ सङ्गीतकर्मी मधुसुदन लामा, वरिष्ठ गायक थुप्देन भोटिया, सञ्जय प्रसाद पूर्व सभासद रतन थापा, शिक्षक शिशिर राई, बी एम राई, किरण लामा, जितेन पाल, योगेश काफ्ले, प्रमोद खवास, निर्माता आरके छेत्री अनि अन्यको बाहुलीबाट लोकार्पित भएको एल्बममा जम्मा पाँचवटा गीतहरु छन् | तीनवटा गीतमा शब्द-सङ्गीत आरके छेत्री, एउटा गीतमा शब्द-सङ्गीत सञ्जीव छेत्री अनि एउटा गीतमा शब्द सञ्जीव छेत्री-सङ्गीत आरके छेत्रीको रहेको छ | शहीद निता खवासप्रति समर्पित एल्बमबारे स्रष्टा एवम् निर्माता एल बी थापाले समीक्षात्मक टिप्पणी राखेका थिए |

कार्यक्रममा उपस्थित दर्शकवर्गको विशेष अनुरोधमा धुकधुकी एल्बमका गीतहरु गाएर गायक थुप्देन भोटिया, सञ्जय प्रसाद, सुजित खवास, प्रणय गुरुङ अनि सौरभ मधुर राईले कार्यक्रमलाई सङ्गीतमय बनाए | एल्बमका पाँच गीतमा यिनै कलाकारहरुले स्वर दिएका छन् | यसका साथै युवा गायक प्रणेश राईले पनि आफ्ना दुई गीतहरु सुनाएर रमाइलो तुल्याए | स्थानीय नवोदित कलाकारहरुमा मनोज छेत्री अनि अभिषेक खवासले गीत अनि सिटोङ ट्राईबल एम एस केका विद्यार्थीहरुले समूह नृत्य प्रस्तुत गरेका थिए |

कार्यक्रमको अवसरमा निता खवासलाई सम्झना सम्मान अनि सन्त मङ्गल एकाडेमी, मङ्पुका प्राचार्य मन्जित थापालाई सम्वर्द्धना पनि जनाइएको थियो| कार्यक्रमलाई रोशन राई अनि बुनु शर्माले सञ्चालन गरेका थिए

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया