खस भारतीय हितकारी सम्मेलन नारी र युवा प्रकोष्ट गठन

दार्जीलिङ, 27 मई


खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समिति युवा एकाइ एवं नारी प्रकोष्ट गठनार्थ सोनादा नालीचौर सामुदायिक भवनमा आञ्चलिक सभापति दुर्गाप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा खस भारतीय हितकारी सम्मेलन युवा एकाइ केन्द्रीय समिति सभापति चन्द्र भण्डारी थिए। उनी बाहेक युवा एकाइ केन्द्रीय समिति सहसचिव प्रमोद शर्मा, केन्द्रीय सदश्य राम सेड़ाई लगायत सोनादा आञ्चलिक समिति अन्तर्गत १९ वटा शाखाका पदाधिकारीबर्गको उपस्थिति रहेको थियो।

साङ्गठनिक चर्चाको साथमा भएको सभामा सङ्गठनलाई मजबुत तथा अझै प्रभावकारी बनाउन प्रत्येक शाखाबाट २-२ जना युवा अनि नारी प्रतिनिधि लिएर आञ्चलिक युवा एकाइ एवं नारी प्रकोष्ट गठन गरियो। जसमा जयनारायण ढुङगेललाई युवा कन्भेनर रूपमा चयन गरियो भने बिपना कार्की र प्रतिभा गिरीलाई नारी प्रकोष्टको कन्भेनर जिम्मेवारी दिइएको छ। छानिएका प्रतिनिधिहरुले आगामी दिनमा सभा राखि पूर्ण कमिटि गठन गर्ने राय पारित गरियो। सभालाई बिशेष रूपले आञ्चलिक सभापति दुर्गाप्रसाद भण्डारी एवं चन्द्र भण्डारी आदिले सम्बोधन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया