विकास प्याकेजको घोषणा गर्दै जीटीए बीओए सदस्यहरु गाउँगाउँ डुल्दै 

खरसाङ , २७ मई


जीटीए बोर्ड अफ्एडमिनिष्ट्रेशनका सदस्याहरु अनु प्रधान र जैतुन निशाले एक गुच्छा विकासको कार्यको घोषणा गर्दै तीनधारे क्षेत्रको भ्रमण गरेका छन्। जीटीएको मातृ अनि शिशु कल्याण विभागकी कार्यकारी सदस्या अनु प्रधान र अल्पसंख्यक विभागीय कार्यकारी सदस्या जैतुन निशाले तीनधारे क्षेत्रको भ्रमण गर्दै विभिन्न विकासमूलक कार्यहरुका घोषणा पनि गरेका छन्। यस क्रममा दुवैले लालमाट्टी र तीनधारे चियाबारी क्षेत्रको भ्रमण गरेका छन्।

यस भ्रमणमा दुवैलाई तीनधारे क्षेत्रको जनताले स्वागत जनाएका थिए। अल्पसंख्यक विभागको तर्फबाट एनएच ५५ देखि तल्लो लालमाट्टीको गिर्जासम्म पुग्ने जीपेबल रोड निर्माण गरिदिने तथा लालमाट्टीको लागि पिउने पानीको पनि व्यवस्था गरिदिने वचन सदस्या जैतुन निशाले दिएकी छन्। यस कार्यको लागि चाँढै विभागीय रुपमा अधिकारीहरु पनि पठाउने बताएकी छन्। यस भ्रमणमा दुवैसित गोजमुमो तीनधारे महानदी समष्टीको सभापति रबीन सुब्बा, डीटीडीपीएलयु खरसाङ महकुमा समितिको संयोजक राजेस थापा, लगायत नारी मोर्चा खरसाङ महकुमा समितिको प्रतिनिधिवर्ग उपस्थित थिए।

प्रधान र निशाले तीनधारे चियाबारी क्षेत्रको पनि भ्रमण गरी यहाँ आईसीडीएस सेन्टर निर्माण गरिने तथा यस क्षेत्रमा अल्पसंख्यक विभागको तर्फबाट विभिन्न विकासमूलक कार्यहरु पनि गरिने वचन दिएका छन्। दुवै उपस्थित भई तीनधारे चियाबारी क्षेत्रको लागि नारी मोर्चाको सभा एलएम शर्माको अध्यक्षतामा बसेर नयाँ कमिटि पनि गठन गरेका छन्। नारी मोर्चाको उक्त सभालाई गोजमुमो सिलिमहिल बाघमारा खण्ड समितिको सभापति सनबहादुर तामाङले सञ्चालन गरेका थिए।

सभालाई नारी मोर्चा खरसाङ महकुमा समितिको सभापति एवं प्रधान,  निशा, नारी मोर्चा खरसाङ महकुमा समितिको सहसचिव माया ठकुरी र डीटीडीपीएलयुको केन्द्रीय सह सचिव एंव खरसाङ महकुमा समितिको संयोजक राजेस थापाले सम्बोधन गरेका थिए। यसै सभामा नारी मोर्चा तीनधारे चियाबारी शाखा गठन गरिएको छ। यसमा सभापति रेणुका शर्मा, उप सभापति प्रशंसा शर्मा र रोशनी तामाङ, सचिव कला राई, सह सचिव इन्दिरा शर्मा र अर्चना राई, कोषाध्यक्ष गुडिया राई, सह कोषाध्यक्ष विन्ध्या छेत्री, सल्लाहकार देविका शर्मा, सिखा छेत्री,लक्ष्मी शर्मा, दिपा छेत्री लगायत ३० जनाको कार्यकारी सदस्याहरु चयन गरिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया