दोदकमा गौशाला निर्माण कार्य शुरु

सरोज गुरुङ, सोरेङ, २७ मई


पश्चिम सिक्किमस्थित दोदकमा प्रस्तावित श्रीधाम वृन्द्रावनको गौशाला निर्माण गर्न आज भूमिपूजन गरेर गौशाला निर्माण कार्यको श्रीगणेश गरेको छ। यस पुनित अवसरमा यसै महत्त्वकांशी योजनाका प्रेरक तथा सन्त रोहितराज महाराजको विषेश उपस्थिति थियोे। पण्डित आचार्य कमल नेपालको विषेश पूजापाठद्धारा सम्पन्न भूमिपूजनमा श्रीधाम वृन्द्रावन सेवा समितिका मुख्य सल्लाहकार केडी गुरुङ, उपाध्यक्षहरु क्रमशः बीबी राई, उमाकान्त शर्मा र फिगु भोटिया, मूलसचिव डीएन शर्मा, कोषाध्यक्ष पीबी बिष्ट, प्रचार सचिव सरोज गुरुङ साथै सम्बन्धित समितिका कार्याकरणी सदस्य-सदस्यासहित स्थानीय ग्राम पञ्चायतगण क्रमशः केबी राई, अनिता गुरुङ र भारती छेत्री, ठेकेदार सुमन गुरुङ अनि स्थानीय नागरिकहरुको बाक्लो उपस्थिति थियो।

गौशालाको भूमिपूजन पश्चात् सम्बोधन गर्ने क्रममा दोदकमा श्रीधाम वृन्द्रावनका प्रेरक सन्त रोहितराज महाराजले सात वर्ष अघि पश्चिम जिल्लावासीले देखेको सपना आज शुभारम्भ भएको बताउँदै यी पुण्यको कार्य गौशाला निर्माणमा मुख्यमन्त्री पवन चामलिङले जन आकांक्षालाई पूरा गर्न जसरी सहयोग पुर्‍याए यसको निम्ति सम्पूर्ण पश्चिम जिल्लावासी, श्रीधाम वृन्द्रावन सेवा समिति र म व्यक्तिगत रूपमा मुख्यमन्त्रीलाई दिन्छौं, रोहितराज महाराजले भूमिपूजन पश्चात् हर्ष व्यक्त गर्दै यसो भने।

सिक्किम सरकारले गौहत्यामाथि प्रतिबन्ध गर्ने सिक्किम विधानसभामा कानुनी प्रस्ताव पारित गरेर अतुलनीय कार्य गरेको सम्बोधनमा महाराजले उल्लेख गर्दै हामी गौशाला निर्माण भए पश्चात् वृन्द्रावन पनि निर्माण सरकारले गर्नेछन् भन्ने कुरा समस्त पश्चिम जिल्लावासी आशावादी छौं, वहाँले सम्बोधन गर्ने क्रममा यस्तो अभिव्यक्ति प्रकट गरे। अर्कोतिर श्रीधाम वृन्द्रावन सेवा समितिले गौशाला निर्माणमा ठेकेदारलाई भरपूर सहयोग गर्ने तर कामको गुणस्तरीयमा कुनै सम्झौता नगर्ने सभामा निर्णय लिन्दै समितिले गौशाला निर्माण कार्य तय समयमा पूरा गरिदिने पनि सम्बन्धित ठेकेदारलाई अनुरोध गरेको छ। मूलसचिव डीएन शर्माद्धारा सञ्चालित कार्यक्रमलाई समितिका मुख्य सल्लाहकार केडी गुरुङले पनि सम्बोधन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया