कामी बोर्डको भ्रष्टाचार मुख्यमन्त्रीसम्म पुऱ्याउन पोष्टरिङ : भ्रष्टाचारीहरूलाई पदबाट झट्टै निस्काषन गरिनुपर्छ-खाती

कालेबुङ, 28 मई

कामी विकास बोर्डका अध्यक्ष अनि उपाध्यक्षले घोटाला गरेको खबर निरन्तर सार्वजनिक भइरहेको छ। मिडियामा छाइरहेको यो घोटलाबारेका पोष्टर अहिले कालेबुङ नगरमा देखापरेको छ। डम्बर चौक, महकुमा अधिकारीको कार्यालय परिसरलगायतका भित्ताहरूमा यो काले पोष्टर देखापरेको हो। पोष्टरमा  बोर्डका अध्यक्ष अनि उपाध्यक्षले भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ आगमनलाई केन्द्रमा राखेरै बोर्डको भ्रष्टाचार खुलाउन पोष्टर टाँसिएको सुबोध खातीले बताएका छन्।

‘बोर्डका अध्यक्ष अनि उपाध्यक्ष विरुद्ध भ्रष्टचारको आरोप लगाउँदै शहरको विभिन्न ठाउँहरूमा पोस्टरिङ गरिएको थियो तर पछिबाट पोस्टरहरू च्यातेर फ्याँकिएको पाइयो,’ खातीले भने,  ‘पोस्टरहरू च्यातेर फ्याँकेको थाह पाएपछि पुन: पोस्टर टाँसेका हौं।’

पोष्टरमा भ्रष्टाचारीहरूलाई पदबाट झट्टै निस्काशन गर्नुपर्ने माग गरिएको छ। कामी बोर्डकै सदस्य रहेका सुबोध खातीले मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष बोर्डमा भइरहेका भ्रष्टचारको सन्देश पुऱ्याएउन पोस्टर टाँस्न परेको बताए।

‘मुख्यमन्त्रीले भ्रष्टचारबारे थाह पाउँछ भन्ने डरले टाँसेका पोस्टरहरू च्यात्ने कार्य भयो,’ खातीले थपे, ‘जनताको पैसा भ्रष्टचार गर्नेहरूलाई कार्वाही गरिनुपर्छ। हामीले दुईमहिना अघिदेखि नै भ्रष्टचारबारे पत्रचारहरू गरिसकेका छौँ। मुख्यमन्त्री ममता ब्यानर्जीदेखि मुख्यसचिव समेतलाई पत्रचार गरेका छौँ। यद्यपि हामीलाई कुनै पत्रको जवाब आएको छैन। यसैकारण मुख्यमन्त्री ममता ब्यानर्जी कालेबुङ आउँदा यी जम्मै कुरा थाह पाओस् भनेर पोस्टरिङ गरेका हौँ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया