हजारौँको सङ्ख्यामा भारत, नेपाल, भुटानका युवाहरूलाई रिक्त पदका लागि आवेदनको आमन्त्रण : परीक्षा केन्द्र गान्तोक अनि सिलगड़ीमा

कालेबुङ ,28 मई


भारत सरकारका विभिन्न मन्त्रालयका विभागहरूमा स्नातक अथवा ग्रेजुएसन उत्तीर्ण गरेका युवाहरूका लागि हजारौँको सङ्ख्यामा रिक्त पदहरूका लागि आवेदनको आमन्त्रण गरिएको छ।

यी पदहरूमा मुख्य रहेका छन् – एसिस्टेन्ट अडिट अफिसर, एसिस्टेन्ट एकाउन्टस अफिसर, एसिस्टेन्ट सेक्सन अफिसर, एसिस्टेन्ट, सुपरिन्टेन्डेन्ट, इन्कम ट्याक्स इन्स्पेक्टर, सेन्ट्रल एक्साइस इन्स्पेक्टर, प्रिभेन्टिभ अफिसर, एसिस्टेन्ट इन्फोर्समेन्ट अफिसर, सब-इन्स्पेक्टर, पोस्टल इन्स्पेक्टर, डिभिजनल एकाउन्टेन्ट, जुनियर स्टाटिस्टिकल अफिसर इत्यादि। यी पदहरू भारत सरकारका विभिन्न मन्त्रालय अन्तर्गत रहेका इन्डियन अडिट एन्ड एकाउन्ट्स डिपार्टमेन्ट, इन्टेलिजेंस ब्युरो, रेलवे, एक्स्टर्नल अफेयर्स, सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेसन, डाइरक्टरेट अफ इन्फोर्सेन्ट, डिपार्टमेन्ट अफ रेभेन्यु, सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन, डिपार्टमेन्ट अफ पोस्ट्स, सेन्ट्रल ब्युरो अफ नार्कोटिक्स, नेसनल इन्भेस्टिगेसन एजेन्सी आदिमा रहेको जानकारी स्टाफ सेलेक्सन कमिसनले आधिकारिक रुपमा जारी गरेको विज्ञप्तिमार्फत् प्राप्त भएको छ।

यी पदहरूमा अनलाइन आवेदन गर्नका लागि भारत, नेपाल, भुटानका स्नातक उत्तीर्ण युवाहरूलाई आह्वान् गरिएको छ भने शारीरिक रुपले दिव्याङ्ग वर्गका योग्य उम्मेद्वारहरूले पनि आवेदन गर्नसक्ने बताइएको छ। उमेर सीमा पदअनुसार 20-देखि 30 –सम्म रहेका यी पदहरूमा आरक्षित वर्गका उम्मेद्वारहरूलाई कतिपय छुट पनि प्रदान गरिएको छ। महिला उम्मेद्वारहरूलाई विशेष प्राथमिकता दिइएको बताउँदै जारी गरिएको विज्ञप्तिअनुसार यी पदहरूमा विधवा अनि छुटानाम भएका महिलाहरूका निम्ति पनि आरक्षण रहेको छ।

यस्ता महिलाहरूको उमेर सीमा पनि 40 वर्ष तोकिएको उक्त विज्ञप्तिमा बताइएको छ। पहाड़का योग्य उम्मेद्वारहरूका सहयोगका निम्ति सदैव कार्य गरेर आइरहेको कालेबुङको थाना डाँड़ास्थित चरित्र प्रकाशनकी मूल प्रबन्धक बिपना छेत्री अनि सहायक प्रबन्धक सुकमित सुब्बाले दिएको जानकारी अनुसार गान्तोक अनि सिलगड़ीलगायत भारतका मुख्य शहरहरूमा भर्तीका लागि 25 जुलाईदेखि 20 अगस्तसम्म जाँच परीक्षाको आयोजना हुनेछ भने आवेदन गर्ने अन्तिम तारिख 4 जून, 2018 तोकिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन