ममता व्यानर्जीको स्वागतमा लगाएको होर्डिङ फ्याँकियो झाडीमा : झण्डा प्रदर्शनमा मोर्चा र तृणमूलबीच होडबाजी

कालेबुङ, 28 मई।


कालेबुङमा मुख्यमन्त्रीलाई स्वागत गर्न दलहरूको तैंछाङमैंछाड चलेको छ। मुख्यगरी तृणमूल काङ्ग्रेस र गोजमुमोमा यो होड देखिएको छ। कालेबुङ नगरमा मोर्चा र तृणमूल काङ्ग्रेसले झण्डा गाड्ने होड गरिरहेको देखिएको छ।

जहाँजहाँ मोर्चाले झण्डा लगाएको छ, त्यहाँ त्यहाँ तृणमूलको झण्डाले मोर्चाको झण्डालाई छोपिरहेको छ। जहाँ जहाँ तृणमूलले झण्डा लगाएको छ, त्यहाँ त्यहाँ मोर्चाले पनि प्यापक झण्डा लगाएको छ।

तृणमूलले प्लास्टिकको झण्डा तोरण झुण्डाएको छ भने मोर्चाले लुगाको झण्डा लगाएको छ। फ्लेक्सबोर्ड लगाउनमा पनि दुवै पार्टीको उस्तै होड चलेको छ। यसैबीच मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागतका निम्ति लगाइएको होर्डिङ फ्याँकिदिने घटनाहरू पनि छटपुट देखिन थालेको छ। डा. ग्राह्म होम्स विद्यालय नजिक व्यानर्जीको स्वागतमा राखिएको होर्डिङ फ्याँकिएको छ। रातीको समयमा उक्त होर्डिङ फ्याँकिएको अनुमान गरिएको छ।

स्मरण रहोस्, मुख्यमन्त्री ममता ब्यानर्जी आज कालेबुङ आइपुग्नेछन्। ५ दिवसीय भ्रमणमा आएकी मुख्यमन्त्री ब्यानर्जीलाई स्वागत गर्न कालेबुङका विभिन्न ठाउँमा गोजमुमो, तृणमूल अनि १५ वटा बिकास बोर्डहरूले यसरी फेस्टुन अनि होर्डिङहरू लगाएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया