राजेन भेटवाल फेरि खस बोर्डका चेयरम्यान

सजन शर्मा,सुके पोख्रेबुङ, 28 मई।


खस युवा सङ्गठन पोख्रेबुङ-नागरी समष्टिको सभा प्रेम छेत्रीको वासगृहमा तथा विनोभा ओझाको अध्यक्षतामा भयो । सचिव विलास भारतीले सञ्चालन गरेको सभामा पश्चिम बङ्गाल खस सांस्कृतिक विकाश बोर्ड चेयरमेन राजेन भेटवाल पुन: चयन गरिएको विषय स्वागत योग्य रहेको जानकारी गराइयो ।

भेटवालकै कुशल नेतृत्वमा समग्र खस जातिको सर्वाङ्गीन विकाश भएर जाने ठहर गर्दै वक्ताहरूले उनलाई बधाइ अनि शुभकामना व्यक्त गरे । मुख्यमन्त्री ममता व्यानर्जीको कालेबुङ भ्रमणलाई केन्द्र गरेर उनको स्वागतको निम्ति भारी मात्रामा खस समुदाय कालेबुङ प्रस्थान गर्ने निर्णय लिइएको प्रवक्ता विनोभा ओझाले बताए ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया