तृणमूलतिर आकर्षित

सजन शर्मा, सुके-पोख्रेबुङ, 28 मई ।


पोख्रेबुङ ग्राम पञ्चायत तीनको ग्राम संसद चौध अन्तर्गत नागरी फार्म लिम्बू गाउँ-गुरूङ गाउँबाट अन्य पार्टीका तीनजना समर्थक तृणमूल काङ्ग्रेसमा सामेल भएका छन् । विजय गुरूङको अध्यक्षतामा अनुप सुब्बाले सञ्चालन गरेको सभामा विशेष उपस्थिति दिएका नागरी फार्म शाखा अध्यक्ष किशन प्रधान,उपाध्यक्ष एलबी तामाङ तथा सचिव कुमार राईको हातबाट पार्टीमा सामेल समर्थकहरूलाई स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरियो । अन्य पार्टीबाट तृणमूलमा सामेल समर्थकहरू रोहित गुरूङ,निरफूल गुरूङ अनि कुमारी सार्की रहेका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया