एलटीडीसीले गऱ्यो सफा गुरूदोङमार झील

गान्तोक, 28 मई।


आउॅंदो विश्व पर्यावरण दिवसको वैश्विक नारा बीट प्लास्टिक पल्युशनलाई कार्यरूपमा उतार्दै उत्तर सिक्किमको चर्चित पर्यटकीय गन्तव्य गुरूदोङमार झील 17800 फिट परिसरमा थुप्रो लागेको फोहोर सङ्कलन गरेर प्रबन्धन गर्ने कार्यक्रम सम्पन्न भयो। लाचेन पर्यटन विकास समिति एलटीडीसी को तत्परतामा लाचेन जुम्साको सहयोगमा थालिएको अभियानमा जम्म गरेको फोहोरलाई विभिन्न भागमा छुट्याएर आ-आफ्नो ब्राण्डको लेखा पनि सम्पन्न गराइएको थियो।

पहिले मिनिरल वाटरको बोतलमाथि प्रतिबन्ध लगाएको एलटीडीसीले यसपाली मल्टी लियर प्लास्टिक र खाद्यहरू पोको पारिने प्लास्टिकलाई ध्यान केन्द्रित गर्दै यसलाई नियन्त्रणको दिशामा पहल शुरू गरेको छ। प्लास्टिक बोतललाई जसरी लाचेनलाई अबउसो प्लास्टिक मुक्त क्षेत्र बनाउन के—कस्तो पहलहरू गर्नुपर्ने त्यस विषयमा पनि एलटीडीसीले नीति तयार गरिरहेको छ। यस पाली प्लास्टिक बोतल बन्द भएको कारण गुरूदोङमार झील क्षेत्रमा प्लास्टिकको बोतल नपाइएको, तर खानेकुरा पोको पार्ने प्लास्टिकलाई भने अर्को खतराको रूपमा लिन सकिने एलटीडीसीले बताएको छ।

यसैगरि, गुरूदोङमार झील परिसरमा टाँगिने धजा पोलिस्टर र नाइलनको हुने भएकोले यसलाई पनि नियन्त्रणको निम्ति गम्भीरतासित लिइएको बताइएको छ। अहिले समितिले परम्परागत कटनको धजा चलाउने दिशामा पहल शुरू गर्ने निर्णय गरेको छ। यस सफाई अभियानमा गैर कपासको धजा धेरै मात्रामा फोहोरको रूपमा थुप्रिएको फेला पारेको बताए।

यसैगरि, धेरै मात्रामा क्षेत्रमा कॉंचको बोतलहरू फेला परेको, विशेष गरेर साना चकलेटका खोल र अन्य खानेकुरा पोको पार्ने प्लास्टिकहरू धेरै मात्रामा फेला परेको उनीहरूले यसबारे पहले गर्नुपर्ने सोचेको बताएका छन्। सफाई अभियानको क्रममा डब्ल्युडब्ल्युएफ, इकोस, वन विभागका अधिकारी, लाचेन पुलिस र जुम्साले एलटीडीसीलाई सहयोग पुर्याएको र भारतीय सेनाका जवानहरूले पनि सहयोग गर्दै सफाई अभियानमा खटिएका स्वयं सेवकहरूलाई दिवा भोजनको व्यवस्था गरिदिएकोमा समितिले आभार प्रकट गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया