आयो राजेन्द्र पासाको आत्म अभिव्यन्जना र अन्तर्मनका लहरहरू  

सञ्जीव मोहोरा, सोनादा 28 मई


सोनादा साहित्य संस्थानका मुल सचिव एवं सोनादा क्षेत्रका तिहक कवि राजेन्द्र कुमार प्रधान (राजेन्द्र पासा)-को दुईवटा कृतिहरु  आत्म अभिव्यन्जना र अन्तर्मनका रागहरू-को लोकार्पण विभिन्न साहित्यानुरागीहरुको उपस्थितिमा अनि संस्थाकै मासिक साहित्य मन्थनको ५०औ प्रकरणको छेक पारेर सोनादा मुन्डाहट्टा सार्वजनिक भवनमा सम्पन्न भयो।

रामराज राईले शुरु गरेको समारोहमा सभाध्यक्ष डा.गोकुल सिन्हाले आफ्नो कुरा राखे। भाव तरङ्गको पहिलो सत्रमा दार्जीलिङ का युवा कवि प्रभात राई  चिसो, सिलगढीका कवि के.टि.उत्तम,बिजनबारीका शारदा स्टेफी र मिरिकका कवि आजम प्रधानले कविता पठन गरे।

त्यसपछि साहित्यकार नरबहादुर दाहाललाई सोनादा साहित्य संस्थाको पक्षबाट सम्मान जनाइयो। संस्थाका अध्यक्ष नरबहादुर तोया, मुल सचिव लगायत अथितिहरूको बाहुलीबाट उनलाई सम्मान पत्र अङ्ग वस्त्र प्रदान गरियो।

भाव तरङ्को दोश्रो सत्रमा मङ्पूका कवि सुभद्रा बम्जन,शिला देवान,सोनादाका विमर्श गुरुङ, दार्जीलिङका पवित्र लामाले कविता अनि गजल प्रस्तुत गरे। समारोहमा कृतिकार राजेन्द्र पासाको जिवनी जाइन्द्र जेनियमले पठन गरे। पासाको कृतिमाथि प्रा.मेघनाथ छेत्रीले समिक्षात्मक मन्तव्य राखे।

प्रमुख अथिति डा.जीवन नाम्दुङले पढ्ने पाठक छैन भनेर खिन्न हुनु नहुने अनि कसैले न कसैले पढ्ने बताए। ‘फोर डी, फाइभ डी को जमाना आयो भन्दैमा हामीले हरेस खानु हुँदैन, हामीले नकारात्मक सोच पनि राख्नु हुँदैन,’ नामदुङले भने।  राजेन्द्र पासाको एउटा पुस्तकमा आफूले भूमिका लेखेको बताउँदै हालसम्म उनले १७४ वटा पुस्तकको भूमिका लेखिसकेको अनि ती भुमिका सबै प्रकाशित भएको बताए।

स्रस्टा राजेन्द्र पासालाई उनको पुस्तकको निम्ति बधाई एवं शुभकामना पनि दिए। युवा कवि नरेश कटुवालद्वारा सञ्चालित समारोहमा सम्मानित नरबहादुर दाहाल, समिक्षक अर्जुन प्रधानले पनि वक्तव्य प्रस्तुत गरे भने बिनन्जय गुरुङले धन्यवाद ज्ञापन दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया