वर्ल्ड कप टाउनको रूपमा रङ्गिनेछ दार्जीलिङ

दार्जीलिङ, 28 मई।


रसियामा आगामी 14 जूनदेखि वर्ल्ड कप फूटबल प्रतियोगिता शुरू हुने भए पनि दार्जीलिङ 2 जूनदेखिनै वर्ल्ड कप टाउनको रूपमा रङ्गिनेछ। दार्जीलिङलाई वर्ल्ड कप फूटबलमय बनाउनका साथै यसै समय यसलाई सामाजिक कार्यको लागि अहम अवसर पनि बनाइने भएको छ।

दार्जीलिङ नर्थ पोइण्ट एलुम्नाई एसोसिएशनले विश्‍व कप फूटबल खेलको अवसर पारेरनै स्व. फादर भ्यानको नाममा क्लिनिक भ्यानको पनि शुरूआत गर्ने योजना बनाएको एसोसिएशनका अध्यक्ष देवेन गुरूङले बताए। उनले भने-आगामी 2 जूनदेखि एसोसिएशनले दार्जीलिङमा दार्जीलिङ वर्ल्ड कप टाउनको नाम गरेर एक कार्यक्रमको आयोजना गर्नेछ, जसमा चौरास्तामा विभिन्न सांस्कृतिक, सांगीतिक कार्यक्रमहरूका साथै बाइक स्टन्ट आदिको आयोजना गरिने भएको छ।

ताकि स्थानीय जनताका साथै पर्यटकहरूले पनि दार्जीलिङमा विश्‍व कप फूटबलको छुट्टै आनन्द लिन सकुन्। उनले आगामी 2 जूनदेखि चौरास्तालाई विश्‍व कप फूटबल खेलमा भाग लिने प्रतियोगी दलहरूको झण्डा साथै जर्सी आदि टाँगेर रङ्गिन बनाइने भएको पनि जानकारी गराए। यति मात्रै होइन, एसोसिशनले यसैको अवसर पारेर फादर भ्यानको नाममा क्लिनिक भ्यानको पनि शुरूआत गर्नेछ, जसले प्रत्येक सप्ताहका शनिबार र आइतबार गाउँ-गाउँ गई विपन्न रोगीहरूको स्वास्थ्य जाँच गर्नेछ, जसमा एकजना डाक्टर र नर्स पनि उपलब्ध हुने गुरूङले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया