तेञ्जिङ शेर्पाको सम्मानमा : 29 मई जीटीएको विदा

दार्जीलिङ, 28 मई।


यसपालीदेखि जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-ले तेञ्जिङ नोर्गे शेर्पाको जन्म जयन्तीको दिन आधिकारिक विदा दिने घोषणा गर्यो। जीटीएले हिमबाघ तेञ्जिङ शेर्पाको 104औं जन्म जयन्तीको अवसर पारेर यस्तो घोषणा गर्दै एक अधिसूचना जारी गरेको छ। यस अवसरमा जीटीए अधीनस्थ विद्यालय, महाविद्यालय साथै प्राथमिक पाठशालाहरू पनि बन्द राखिने जीटीएले घोषणा गरेको छ।

स्मरण गराइन्छ, दार्जीलिङमा जीटीएको गठन भएपछि वर्षेनी जीटीएको तर्फबाट तेञ्जिङ शेर्पाको जन्म जयन्ती पालन गर्दै आइरहेको छ। यसैबीच, यसपालीदेखि उनको जन्म जयन्ती 29 मईलाई जीटीएले आधिकारिक विदाको घोषणा गर्यो। यसैको जानकारी गराउँदै जीटीएको बीओए अध्यक्ष विनय तामाङका लायजन अफिसर सुरज शर्माले भने-तेञ्जिङ शेर्पा भारतकै गौरव हुन्।

उनले 29 मई 1953-को दिन विश्‍वकै सर्वोच्च शिखर माउण्ट एभरेष्टको सफल आरोहण गरेर भारतलाईनै   विश्‍वमा परिचित तुल्याउनसँगै दार्जीलिङको नाम पनि प्रख्यात बनाएका थिए। यसैले उनले दार्जीलिङ साथै देशकै लागि दिएको यस योगदानको सम्मान गर्दै जीटीएले यसपालीदेखि आधिकारिक विदाको घोषणा गरेको छ। स्मरण गराइन्छ, 29 मई 1914-मा जन्म ग्रहण गरेका हिमबाघ उपनामले प्रसिद्ध तेञ्जिङ शेर्पाले 29 मई 1953-को दिन माउण्ट एभरेष्टको सफल गरेका थिए। जसको निधन 9 मई 1986-मा दार्जीलिङमानै भएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया