दिल्ली मोर्चाले जाति उन्मुक्तिको दिशा खोज्ने

दिल्ली, 29 मई


दिल्ली मोर्चाले गरेको सभामा दिल्ली एनसीआर शाखाका गोजमुमो प्रमुख सल्लाहकार रूस्तम छेत्रीले गोजमुमोको छत्रछाँयामा दिल्लीका गोर्खाहरू एक भएर बस्नुपर्ने आह्वान गरे। गोजमुमो दिल्ली एनसीआर शाखाका मूल सचिव विनोद घलेले नव गठित गोजमुमो कमिटीका सबै पदाधिकारीले आ-आफ्नो जिम्मेवारी खुबै इमान्दारिता अनि जिम्मेवारीको साथ निभाउनुपर्ने कुरामा जोड़ दिए भने दिल्लीबाट पनि गोर्खाहरूले गोजमुमो अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाको नयाँ विचारलाई साथ दिएर सङ्गठनलाई बलियो बनाउन सहयोग गर्नुपर्ने पनि बताए।

सभाको अन्तमा सभापतिको आसनबाट बोल्दै दिल्ली एनसीआर गोजमुमो शाखा अध्यक्ष विनोद प्रधानले गोर्खाहरूले नयाँ सोच र नयाँ विचारधारा लिएर जातिको उन्मुक्ति कसरी हुन्छ भन्ने दिशामा कार्य गर्नुपर्ने बताए। पार्टी अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाको नयाँ विचारधारा अनि राजनैतिक दूरदर्शितालाई शिरोपर राखेर काम गरेको खण्डमा गोर्खाहरूको भाग्य उदय हुने दावी गर्दै यस अभियानमा दिल्लीका गोर्खाहरू पनि भावनात्मकरूपमा होइन तर बौद्धिकरूपमा मनन गरेर अघि आउनु आवश्यक रहेको पनि उनले बताए। दिल्ली एनसीआरक्षेत्रका गोर्खाहरूले एकसूत्रमा बाँधिएर गोजमुमोको नयाँ सोच अनि विचारधारालाई स्वीकार गरेकोमा धन्यबाद दिँदै अध्यक्ष प्रधानले सबैलाई एकसूत्रमा बाँधिएर सङ्गठनलाई बलियो बनाउने काम गर्नुपर्ने पनि आह्वान गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares