वैज्ञानिक टीकाराम शर्माको निधन : विमोद्वारा शोक प्रकट

दार्जीलिङ, 29 मई।


गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले आज एक सभाको आयोजना गरेर टीकाराम शर्माको निधनमा शोक प्रकट गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको विमोका सहसचिव विश्‍वास छेत्रीले बताए। उनले भने-टीकाराम शर्माको निधनले गोर्खा समाजमानै अपूरणीय क्षति पुगेको छ। यसैले उनको परिवारलाई यसघडी परेको बज्राघात सहने क्षमता ईश्‍वरले प्रदान गरून् भन्ने विद्यार्थी मोर्चाको कामना छ।

खरसाङका बहुचर्चित व्यक्तित्त्व एवं वैज्ञानिक टीकाराम शर्माको निधन भयो। शनिबार उनको निधन भएको हो। गोर्खा समाजबाट एक वैज्ञानिकको रूपमा भारतलाई योगदान दिने व्यक्ति थिए शर्मा। वैज्ञानिकमात्रै नरहेर पहाड़को शैक्षिक विकासको निम्ति मरिमेट्ने व्यक्तित्त्व पनि थिए। दार्जीलिङमा केन्द्रिय विश्वविद्यालय स्थापना गरिनुपर्ने कुरामा विशेष जोड़ दिने व्यक्तिहरूमध्येमा स्व. शर्मा पनि एक हुन्।

गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले आज गोजविमो केन्द्रिय कार्यालयमा नै एउटा शोक सभा आयोजना गरी स्व. टीकाराम शर्माप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गऱ्यो। टीकाराम शर्मा पहाड़का सम्पूर्ण विद्यार्थीवर्गको निम्ति पनि प्रेरणाको श्रोत रहिआएका थिए। गोर्खा समाजमा रहिआएको उनको गरिमामय एवं महत्वपूर्ण
योगदानलाई सम्मान गर्दै गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले केही वर्षअघि नै उनलाई सम्मान पनि प्रदान गरेको थियो।

‘उनको निधनले दार्जीलिङ पहाड़लाईमात्रै नभएर सम्पूर्ण गोर्खा समुदायलाई नै ठूलो क्षति बनाएको छ। हामी उनको पुण्यात्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं साथै यस दुःख अनि कष्टमय घड़ीमा उनका शोकाकूल परिवारप्रति पनि हार्दिक सम्वेदना प्रकट गर्दछौं’, विमो सह- सचिव विश्वास छेत्रीले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया