जङ्गल बस्तीको हरिबिजोग

दार्जीलिङ, 29 मई।


बर्खाझरीसँगै पाइपबाट चुहेको पानीले उठिबास लगाउँदैछ जङ्गल बस्तीका मानिसहरूलाई। तर यो चुहेको पानीले दार्जीलिङ शहरी क्षेत्रलाई पनि काकाकुली बनाउँदैन भन्न सकिन्दैन। हिजो राती आएको भारी वर्षाको कारण गएको पैह्रोले जङ्गल बस्तीको अवस्था यस्तै भएको छ।

जसको कारण कतिजना रातभरि सुत्न नसके पनि घर कुरेर बस्न बाध्य छन् भने कति घरै छोडेर अन्यत्र सर्न बाध्य बनेका छन्। जङ्गल बस्ती क्षेत्रका लगभग 75 घरलाई दार्जीलिङसित अलग गर्ने गरी आएको पैह्रोले विषेश विद्यार्थीहरू पनि मर्कामा परेका छन्।

यसैले जुन घरमा स्कूल वा कलेज पढ्ने छोरा-छोरी छन्, ती घऱका अभिभावकहरू दुःख-कष्ट गरेर भए पनि जोरबङ्लो तथा दार्जीलिङ बजारमा भाडामा घर लिएर बस्न बाध्य छन्। दुइ वर्षअघि यस गाउँलाई जोड्नको लागि बनाइएको सडक मार्गलाई गत वर्ष आएको पैह्रोले छताछुल्लै बनाएपछि फेरि यसलाई पुनः निर्माण गर्ने कार्य चलिरहेको थियो।

तर हिजो राती आएको पानीले यसलाई पनि सोतारेर तलै पुर्यायो। फलस्वरूप, यो पैह्रो शुरू भएको छेवैमा घर रहेका गोपाल ब्राह्मिणले आफू र आफ्नो परिवार भगवानको भरोसामा बसिरहेको बताए। एक प्रश्‍नको उत्तर दिंदै उनले भने-40 वर्ष काम गरेर कमाइएको पेैसाले बनाएको घर छोडेर कता जानु।

अब अर्को घर बनाउने सामर्थ्य छैन। रातभरि सुत्न नसके पनि घर छोड्न सकिन्दैन। यसैबीच, उनले यसप्रकारलो बनाइएको सुरक्षा देवालले यहाँ आउने पैह्रोलाई थाम्न नसक्ने बताउँदै यस स्थानलाई सुरक्षित बनाउनु हो भने अन्य ठोस उपायनै लागू गर्नुपर्ने बताए। जसमा बल दिँदै जङ्गल बस्ती निवासी गोपाल थापाले यहाँ फ्लाई ओभर बनाए मात्रै समस्याको समाधान हुने बताए।

स्मरण रहोस्, दार्जीलिङ शहरदेखि लगभग 5 किलोमिटर अनि जोरबङ्लोदेखि अधिकतम 1 किलोमिटर टाड़ामा अवस्थित जङ्गल बस्ती बिस्तारै जङ्गलमानै परिणत हुँदै गइरहेको छ, एकपछि अर्को परिवारले गाउँ छोडिरहेको छ। यो क्रम थामिएकै छैन अनि गाउँको शिरबाट पैह्रोसँगै ढुङ्गा-माटो आदि झर्ने क्रम पनि रोकिएको छैन।

यदि यो क्रम अझै जारी रहे यसले दार्जीलिङ शहरी क्षेत्रमा पानी ल्याउनको लागि लगाइएका पानीका पाइप लाइनहरू पनि क्षतिग्रस्त पार्ने सम्भावना बढिरहेको छ। यदि यो पाइप लाइन क्षतिग्रस्त भए दार्जीलिङ शहर पनि काकाकुली बन्नदेखि बाँच्ने छैन। यसबारे गाउँका नागरिक केएल गुरूङ, विष्णुप्रसाद शर्मा आदिले यो काम यसरीनै गर्न लगाउने इञ्जीनियरमाथिनै दोष थोपेका छन्।

यो स्थानमा घरिघरि भत्किने कस्तो काम गर्न लगाएको? यसको जिम्मा इञ्जीनियरको हो। जसको कारण आज यस गाउँका 60 प्रतिशत जनता गाउँबाट पलायन बन्न बाध्य बनेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया