सुके-पोख्रेबुङ क्षेत्रका समाचारहरू

बाल विकास प्रतिभा चयन कार्यक्रम

सजन शर्मा, सुके-पोख्रेबुङ, २९मई।


श्री सत्य साई सेवा सङ्गठन पोख्रेबुङ अनि नागरी समितिको तत्वाधानमा बाल विकास प्रतिभा चयन कार्यक्रम सम्पन्न गरियो । दुइटै समितिका संयोजक,दायित्व वाहक, विभागीय प्रभारी,बाल विकाश गुरूवर्ग तथा विद्यार्थीवर्गको उपस्थितिमा सम्पन्न कार्यक्रमलाई सङ्गीता प्रधानले सञ्चालन गरेकी थिइन ।

स्वामीको प्रतिकृतिमा दीप प्रज्ज्वलन तथा माल्यर्पणबाट शुरू भएको कार्यक्रममा एसके बान्तावाले स्वागत भाषण राखे । सबै तहका बाल विकास विद्यार्थीमाझ वाकपटुता,भजन गायन,बस अनि चित्र बनाऊ,निबन्ध लेखन ,लघु नाटक वेद पारयण लगायतका प्रतियोगिता राखिएको थियो ।विजयी प्रतियोगिलाई पारितोषिक वितरण गरियो ।


 ननवर्करलाई दिइएन डिटिजल कार्ड : उपभोक्तामा अन्योलता

सुके-पोख्रेबुङ : एम आर डिलरकँहा नाम नआएको उपभोक्ताहरूको डिटिजल कार्डको राशन नागरी फार्म चिया कमानमा सोमवारदेखि वितरण गरियो । चाखलाग्दो विषय के छ भने फूड एण्ड सप्लाईबाट पठाएको सूचिमा नाम परेका उपभोक्ताहरू जो कमानका वार्कर र डिपेन्डेन्ट छन् उनीहरूलाई मात्र राशन वितरण गरियो ।

ननवर्करलाई अघिल्लो चरणमा राशन दिइने बताइएको छ । तर कतिपय कार्ड होल्डर उपभोक्ताको नाम एमआर डिलर अनि कमानको मेनेजरलाई पठाइएको दुइटै सूचिमा छैन,उनीहरूलाई भने राशन वितरण गरिएन । लगभग सबै उपभोक्ताको कार्डमा डिलर म्यानेजर नागरी फार्म चियाबारी भनेर उल्लिखित छ ।

यसमा पहिलेबाटै कतिले डिलरको नाम बदली गरेर एमआर डिलरको नाममा पञ्जीकरण गराएका छन् । दुइटै सूचिमा नाम नभएकोले कतैबाट राशन नपाएका वर्कर वा ननवर्कर उपभोक्तामा अन्योलता उत्पन्न भएको छ । एमआर डिलरले चारचोटी राशन बाड़िसकेको छ भने कमानमा सोमवारदेखि मात्र यो प्रक्रिया शुरू भएको हो।


सचेतना शिविर सम्पन्न

सुके-पोख्रेबुङ: पश्चिम बङ्गाल सरकारको लोक प्रसार प्रकल्प अन्तर्गत यसमा आवद्ध कलाकारहरूले नागरी फार्म उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीवर्गलाई मानव तस्करी,बाल श्रम ,स्वच्छ भारत अभियान लगायतका विविध विषयमा सचेत गराए ।

कलाकार सुगम गुरूङ,विकाश सुब्बा,शेखर राई,मनिषा प्रधान,साजन देवान,सरू सिन्चुरी,भूपेन सिन्चुरी,विवेक सुब्बाले गीतको माध्यमबाट उल्लिखित गम्भिर विषयमा जागरूक गराएका थिए ।


सागा दावा पूजा

सुकेपोखरी:  सुकेपोखरीको किर्ति गादेन टासी छ्योइलिङ गुम्बा अनि माधिधूरास्थित एउटा गुम्बामा बौद्ध परम्परा अनुसार पवित्र मानिएको सागा दावा पूजा आयोजना गरिएको छ ।

स्थानिय तथा सङ्लग्न क्षेत्रका श्रद्धालुहरूको व्यापक उपस्थितिमा आयोजित यस अवसरमा बौद्ध धर्मगुरूहरूले पाठ,प्रबचन अनि वाङ अभिशेक वितरण गर्ने छन् ।यसैबिच आज नगर परिक्रमा गरिएको आयोजक समितिले बताएको छ ।


ममतालाई स्वागत

सुकेपोखरी: बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ भ्रमणलाई केन्द्र गरेर सहिल तृणमूल काङ्ग्रेस सिटोङ एक,दुइ र तीनका समर्थकहरूले नेतृत्व दावा तामाङ,बलबीर तामाङ,मधुसुदन छेत्री तथा कुन्दन राईको अगुवाइमा कालीझोड़ा बजारमा भव्य स्वागत जनाए। व्यापक सङ्ख्यामा उपस्थित समर्थकहरूले मुख्यमन्त्रीलाई स्वागत जनाउने क्रममा सिटोङलाई छुट्टै खण्ड बनाउने मागमा ज्ञापन पत्र बुझाए।

यसका साथै सिटोङ तीन ग्राम पञ्चायतलाई विभक्त गरेर कालीझोड़ा ग्राम पञ्चायत र लाठपञ्चर ग्राम पञ्चायत गठन गर्नुपर्ने कुरा उठान गरियो । समग्र सिटोङ दुर्गम क्षेत्र रहेको साथै यातायात असुविधा भएकोले खरसाङ खण्डविकाश पुग्न लामो दुरी पार गर्नुपर्ने अवस्था रहेको अनि सम्बन्धित निकायका प्रशासनिक कार्य गराउन समस्या हुने भएकोले छुट्टै खण्डको माग गरिएको बताइएको छ ।

सिटोङ क्षेत्रको गोजमुमो पार्टीले पनि मुख्यमन्त्रीलाई भव्य स्वागत जनाएको थियो । मोर्चा नेतृत्वहरूमा प्रमोद राई,बलिचन्द्र लामा,शिशिर राई,सुशिल राई आदि प्रमुख थिए।यता सोनादा ,रङबुल, गोराबारी, पचेङ आदिलाई पनि सुकेपोखरी खण्डबाट अलग गर्नुपर्ने माग राखिएको पार्टी प्रवक्ता रूपेन गुरूङले जनाएका छन् ।


प्लुङदुङ खण्ड समितिको डाकबङ्ला प्रशाखामा युवा मोर्चा पुनर्गठन

सुकेपोखरी : गोर्खा जनमुक्ती मोर्चा सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत प्लुङदुङ खण्ड समितिको डाकबङला प्रशाखामा युवा मोर्चा पुनर्गठन गरिएको छ। नोरदेन लेप्चाको अध्यक्षतामा नन्दराम छेत्रीले सञ्चालन गरेको सभाको प्रमुख अतिथिको रूपमा मोर्चा समष्टि अध्यक्ष बुद्ध तामाङको विशेष उपस्थिति थियो।

उपाध्यक्ष सुवास बिष्ट,सहसचिव प्रदीप छेत्री,फूर्बा छिरिङ शेर्पा,युमो केन्द्रीय सदस्य टासी भोटिया,प्रणय राणा,युमो समष्टि अध्यक्ष रोहित छेत्री,सचिव देवराज छेत्री,अमीर गुप्त,समष्टि कोषाध्यक्ष अमित छेत्री आदिको उपस्थितिमा सम्पन्न पहिलो चरणको सभालाई सम्बोधन गर्दै वक्ताहरूले विकाश,शिक्षा,आधारभूत समस्याको निदान,रोजगार लगायतका विविध विषयमा प्रकाश पारेका थिए ।

दोस्रो चरणको चुनावी सभाको अध्यक्षता प्रदीप छेत्रीले गरे।प्रशाखाका सूरज राईको स्वागत भाषणपछि शुरू भएको सभामा नवगठित डाकबङला प्रशाखा अध्यक्ष सूरज राई,उपाध्यक्षअमन छेत्री,सचिव पवन छेत्री,सहसचिव अर्जुन छेत्री र गणेश छेत्री,कोषाध्यक्ष विवश राई,प्रमुख सल्लाहकारहरूमा नन्दराम छेत्री,आईबी राई,रमेश छेत्री र नोरदेन लेप्चालाई चयन गरियो । सभामा विधायक अमरसिहं राईले कोलकात्तामा शिक्षाको निम्ति विविध विवरण र मागपत्र बुझाउने प्रक्रिया अघी बढ़ाएकोमा आभार प्रकट गरियो ।


मुख्यमन्त्रीलाई  स्वागत जनाउन सार्की बोर्ड कालेबुङमा

सुके-पोख्रेबुङ : नागरी-धजे सार्की समाजले सार्की सांस्कृतिक विकाश बोर्ड मार्फत् विपन्न परिवारको घर निर्माण लगायत सामाजिक,आर्थिक,सांस्कृतिक तथा शैक्षिक विकाशमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले यसमा सहभागfता जनाउँदै भाइस चेयरमेन कुन्दन सार्कीको अगुवाईमा बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई भव्य स्वागत जनाउन ठूलो सङ्ख्यामा कालेबुङ प्रस्थान गरेको समाजका अध्यक्ष सन्तराज मंग्रातीले यस आशयको जानकारी दिए। मुख्यमन्त्रीलाई मुख्य मन्त्री कै नातामा स्वच्छ भावनाले स्वागत जनाइएको तिनले थप बताए ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया