‘जमीनको पर्जा पट्टाको माग अब पूरा हुने समय आयो’

सजन शर्मा, सुकेपोखरी, ३० मई।


दार्जीलिङ तराइ डुवर्स प्लान्टेशन लेबर युनियन सुके-मानेभञ्ज्याङ समष्टिको सभा सङ्गठन समष्टि अध्यक्ष विकाश राईको अध्यक्षतामा भयो। मोर्चा समष्टि अध्यक्ष बुद्ध तामाङको विशेष उपस्थितिमा सम्पन्न सभामा फ्लुङदुङ खण्ड समिति सचिव अविनाश भट्टराई,पुबोङ-पुसुम्बेङ खण्ड समिति सहसचिव सुनिल राई,सुकेपोखरी खण्ड समिति अध्यक्ष टासी भोटिया,मानेभञ्ज्याङ खण्ड समिति उपाध्यक्ष वाङदी शेर्पा,राङभाङ खण्ड समितिका भीम सुब्बा तथा अन्यको उपस्थिति थियो ।

चियाकमान अनि श्रमिकवर्गको वर्तमान अवस्थाबारे चर्चा भएको सभामा लामो समयदेखि गर्दै आएको जमीनको पर्जा पट्टाको माग अब पूरा हुने समय आएको जानकारी गराइयो । यस समष्टि अन्तर्गत रहेको चियाकमानका श्रमिकवर्गले समेत आफ्नो अधिकार पाउने उल्लेख गर्दै वक्ताहरूले श्रमिक सङ्गठनले कस्तै स्थितिमा पनि श्रमिकवर्गको हक र हितको वकालत गर्न कटिवद्ध रहेको बताए ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया