राम्रो काम गर्ने ट्राफिक ओसी शेर्पालाई दार्जीलिङमानै राख्नुपर्छ, पर्यटकबाट अत्याधिक भाडा असुले हामी जिम्मेवार हुने छैनौं’

दार्जीलिङ, 30 मई।


हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले दार्जीलिङ सदर ट्राफिक ओसी दावा शेर्पाको सरूवालाई केही वर्षको लागि रोकिदिने पुलिस प्रशासनसमक्ष अपील गरेको छ। कमिटीका सचिव परशु हिङ्माङले भने-दावा शेर्पाको प्रयास अनि पहलमानै दार्जीलिङको ट्राफिक व्यवस्था केही हदसम्म भए पनि व्यवस्थित भइरहेको छ।

यसैले दार्जीलिङको वर्तमान बढ्दो पर्यटन मौसमलाई हेरेर पनि उनको यहाँबाट सरूवा केही समयको लागि रोक्न आवश्यक छ। यसैले पुलिस विभागले यस विषयमाथि गम्भीरता देखाइदियोस् भन्ने केवल हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीको मात्रो होइन, यहाँका सम्पूर्ण चालक सङ्गठनहरूको चाहना छ।

हिङ्माङले भने-दावा शेर्पा अगस्त 2016-मा दार्जीलिङ ट्राफिक ओसी भएर यहाँ आएका थिए अनि उनको अगुवाईमानै यहाँको ट्राफिक समस्यालाई धेरै हदसम्म समाधान गर्ने पहल भइरहेको छ। यसका साथै उनले स्थानीय सिण्डिकेटहरूलाई अपील गर्दै भने-अहिले दार्जीलिङमा व्यापक पर्यटन मौसम लागेको छ, यस्तो अवस्थामा स्थानीय यात्रीहरूले गाड़ी पाउन नसकेका दृश्यहरू प्रशस्तै देखा परिरहेको छ।

यसैले स्थानीय गाड़ी सिण्डिकेटका गाड़ीहरूले पर्यटकहरूसँगै स्थानीय जनता वा यात्रीहरूको सुविधालाई पनि ध्यान दिनपर्छ। ताकि स्थानीय यात्रीहरू पनि मर्कामा नपरून्। यसरीनै उनले गाड़ी चालकहरूलाई पर्यटकहरूबाट अत्यधिक भाड़ा नअसुल्ने अपील गर्दै यसो गर्दा पुलिस प्रशासनले कार्वाही गरे, त्यसको जिम्मेवार हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटी नहुने पनि चेताउनी दिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया