बलिवुड अभिनेता आयुषमान खुराना  सुटिङ गर्न सिक्किममा

गान्तोक, 30 मई।


बलिवुडका बहुप्रतिभाशाली अभिनेता आयुषमान खुराना म्युजिक भिडियो “चान खितान” को छायाङ्कनको निम्ति सिक्किम आइपुगेका छन्। आयुषमानले आफैले गाएका तथा सङ्गीत भरेका गीत हो “चान खितान”। यसका साथै गीतको म्युजिक भिडियोमा आफैले अभिनय पनि गरेका छन्।

दक्षिण भारतकी एक नायिकालाई डेब्युको रूपमा म्युजिक भिडियोमा लिइएको छ। यशराज फिल्मस्को प्रोडक्सनमा भिडियो निर्माण भइरहेको छ। चर्चित फिल्म तुम्हारी सालु-का निर्देशक सुरेश त्रिवेणीद्वारा निर्देशित भिडियो फिल्मको छायाङकन गान्तोक र छाङ्गु झील वरिपरि गरिएको छ।

आज छायाङ्कनको अन्तिम दिन छाङ्गु र यसको वरिपरि दिनभरिनै सुटिङ चलेको थियो भने भोलि सुटिङ सकेर उनी आफ्नो क्रु सदस्यहरूसित मुम्बई फर्किने छन्। अभिनेता आयुषमानले मिडियासित दुरी बनाइराखे तर आफ्ना फ्यानहरूसित फोटो र सेल्फी खिच्न भने चुकाएनन्।

गान्तोकको छायाङ्कन सकिएको छ । टीएनए स्कूल परिसर र केही गुम्पाहरूमा उनले यसको सुटिङ गरेको थिए। अर्को उल्लेख्य कुरा, आफ्नो भिडियो फिल्ममा उनले सिक्किमको चर्चित खाद्य मोमोलाई समावेश गर्न गान्तोकबाटै एउटी मोमो पसले महिलालाई स्टल समेत छाङ्गु सम्म पुऱ्याएका थिए। यसका साथै स्थानीय केही कलाकारहरूलाई पनि सहयोगी कलाकारको भूमिकामा लिइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन