युवा मोर्चा सिटोङ २ खण्ड समिति गठन

खरसाङ , ३० मई


खरसाङ महकुमा अन्तर्गत सिटोङ २ क्षेत्रको १३ वटा शाखाहरुलाई लिएर युवा मोर्चा सिटोङ २ खण्ड समिति गठन गरिएको छ। आज गोजमुमो सिटोङ लाटपञ्चर समष्टिको संयोजक किरण लामाको अध्यक्षतामा अनि युवा मोर्चा सिटोङ लाटपञ्चर समष्टिको संयोजक सुशिल खम्बु राईको विशेष उपस्थितिमा सिटोङ २ को मामरिङ हाई स्कूल परिसरमा सभा सम्पन्न भयो।

उक्त सभामा लामो छलफलपछि महल्दीराम, तुरुक , मामरिङ लगायत १३ वटा शाखाहरुलाई लिएर युवा मोर्चा सिटोङ २ खण्ड समिति गठन गरिएको छ। यस कमिटीमा सभापति समीर छेत्री, उप सभापति पुरुषोत्तम शर्मा, सचिव गोपाल भुजेल, सह सचिव सुसन राई र मनोज मगर, कोषाध्यक्ष उपेश छेत्री लगायत १५ जनाको कार्यकारी सदस्यहरु पनि चयन भएका छन्।

यस सिटोङ २ खण्ड समितिमा प्रत्येक शाखाबाट १५ जना युवाहरुलाई समावेश गरिएका छन्। यस युवा मोर्चाको सिटोङ २ खण्ड समितिको तर्फबाट गोजमुमो पार्टी र जीटीए बोर्ड अफ् एडमिनिष्टेसनको अध्यक्ष बिनय तामाङ र उपाध्यक्ष अनित थापाको हात बलियो पार्ने तथा पार्टीगत रुपमा साङ्गठनिक गतिविधि तेज गर्ने भएको छ भनी जितेन्द्र खवासले जानकारी दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया