खरसाङमा डीएचआरको रेल डिरेल

खरसाङ , ३० मई


दार्जीलिङ हिमालयन रेलवे ( डीएचआर) को सानो रेल बुधबार बिहान खरसाङमा डिरेल भएको छ। दार्जीलिङबाट एनजीपी गइरहेको सानो रेल खरसाङ रेलवे स्टेशन परिसरमा बिहान ११ बजेतिर डिरेल भएको छ। तीनवटा डिब्बामा जम्मा ३७ जना यात्रीहरू लिएर गइरहेका रेलमा एउटा डिब्बा खरसाङमा आएर लीक छोडेको हो।

उक्त लिक छोड्ने डिब्बामा पनि जम्मा १२ जना यात्रीहरू सवार थिए। रेलको एउटा डिब्बा डिरेल भएपनि कसैलाई चोट लागेको छैन भने सबै यात्रीहरू सुरक्षित रहेका छन्। यात्रीहरूमध्ये ५-६ जना यात्रीहरू रेल छुट्ने भयले गाडी पक्रेर गएका छन्। रेल डिरेल भएको केही समयपछि रेलवे अधिकारीहरु र कर्मचारीवर्ग आएर रेलको डिब्बा उठाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया