व्याङ्क बन्द : कर्मचारीलाई बिदाई

मिरिक, 30 मई


पीएचई विभाग मिरिक क्षेत्रका उपसहायक अभियान्त दीप तामाङकाे अध्यक्षता अनि सम्पूर्ण कर्मचारीहरूकाे उपस्थितिमा अवकाश ग्रहण गर्ने कर्मचारीहरू विद्या कुमार छेत्री अनि देवकुमार लकान्द्रीलाई विदाई जनाइयो। कर्मचारीहरूले सम्मान पत्र,खदा अनि उपहार प्रदान गरेर अश्रुपूर्ण विदाई गरे। याे सम्मान पत्र पीएचई विभाग मिरिक सेक्सनका अभियान्त अनि कर्मचारीहरू राेशन लामा,हेमकुमार तामाङ ,सङ्गीता लामा,लमिन लामा,अनय राई अादिकाे बाहुलीबाट प्रदान गरिएकाे कर्मचारी विरेन गुरूङले बताए।

अवकाशप्राप्त कर्मचारीहरूले कार्यालयमा बिताएका क्षणहरू सधैँ सम्झनामा रहने बताए। कार्यक्रमलाई पदमलाल रसाईली,सङ्गीता लामा,सुनिल राई ,तपेन तामाङ,सञ्जय राई,जेली लेप्चा अादिले सम्बाेधन गर्दै अवकाशप्राप्त कर्मचारीहरू विद्या कुमार छेत्री अनि देवकुमार लकान्द्रीले याेग्य र इमान्दार कर्मचारी भएर सधैँ कार्य गरेकाे बताए।


ब्याङ्क बन्द

मिरिक:  अाज मिरिकका सबै ब्याङ्कहरू बन्द रह्याे। बन्दको कारण मानिसहरूले  समस्या भाेग्न परेकाे देखियाे। बन्दकाे समर्थनमा मिरिकका ब्याङक परिसहरूमा युनियनले पाेष्टरिङ पनि गरे। हडतालमा एटीएम  परिसेवा पनि पूर्णरूपमा ठप्प भएकाे कारण अाम नागरिक अनि मिरिक पर्यटन केन्द्रमा घुम्न अाउने पर्यटकहरूलाई पनि धेरै समस्या भएकाे देखियाे।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया