271 जना बनबासीलाई जिटिएले बाँड्नेपर्जापट्टा : पर्जापट्टाको लागि मोर्चाले निरन्तर आवाज उठाउँदै आएको थियो- विनय तामाङ

दार्जीलिङ, 30 मई


राजमार्ग 10 अन्तर्गत लोहापूलको हनुमान मन्दिर परिसरमा 271 जना वनवासीहरूलाई जिटिएले पर्जा-पट्टा वितरण गर्ने भएको छ। जीटीए अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापा, मन्त्री अरूप विश्वास, कालेबुङका जिल्लाशासक, भूमि एवं भूमि सुधार विभागका अधिकारी, वन विभाग एवं राजमार्ग अधिकारीहरूको उपस्थितिमा वनवासीहरूलाई पर्जा-पट्टा वितरण गर्ने विनय तामाङले विज्ञप्ती जारी गरेर भनेका छन्।

‘फरेस्ट राइट एक्ट 2006 एवं पश्चिम बङ्गाल सरकारद्वारा दिसम्बर 2014 मा जारी गरिएको कलकत्ता ग्याजेट नोटिफिकेशन मुताविक गोर्खा जनमुक्ति मोर्चाले वनवासीहरूको पर्जापट्टाको माग गर्दै आइरहेको थियो,’ विनय तामाङले विज्ञप्तीमा भनेका छन्, ‘यसै विषयमा मैले 21 नोभेम्बर 2017 मा पिण्टेल भिलेजमा आयोजित द्विपक्षीय वार्तामा कुरा उठान गरेका थिएँ। राज्य सरकारको पक्षबाट पनि उक्त विषयमा सकरात्मक आश्वासन प्रदान गरेको थियो।

यसपछि गत 7 फरवरी 2018 मा पनि गोर्खा जनमुक्ति मोर्चाको पक्षबाट फेरि राज्य सरकारलाई उक्त मागसम्बन्धि याद दिलाउने कार्य भएको थियो। तथापि राज्यमा हालैमा सम्पन्न भएको पञ्चायत चुनाउको व्यस्तताले गर्दा उक्त मागसम्बन्धि ठोस पहल हुन सकिरहेको थिएन। तर गत  केही दिनअघिमात्र जीटीएको सचिवालय लालकोठीमा यस मागसम्बन्धि एक उच्चस्तरीय वार्ता बसी वनवासीहरूलाई पर्जा-पट्टा प्रदान गरिने विषयमा सहमति भएको हो।’

तामाङले पहिलो चरणमा 271 जना वनवासीहरूलाई पर्जा-पट्टा वितरण गरिने बताएका छन्।  यसपछि क्रमैले अन्य वनवासीहरूको पनि वितरण गरिनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया