भुङ्ग्रो सेलाएको छैन, यस्तो बेला जिटिए चुनाउ गर्नु हुँदैन- विनय तामाङ

कालेबुङ, 31 मई


ममता व्यानर्जीलाई पहाड स्वाभाविक छ भनेर देखाउन विभिन्न बोर्ड, पहाडको तृणमूल काङ्ग्रेस, गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले घुँडाधस्यो। यद्धपि पहाड कतिको स्वाभाविक छ, त्यो झसम्म स्पष्ट छैन।

त्यसको जाँच गर्ने एउटै परिक्षा हो, जिटिए चुनाउ।

‘यहाँ शान्ति स्थापना भएर आगो निभेको छ। तर, आगो निभे पनि खरानी भित्र भुङ्ग्रो अझै छ। त्यसैले जबसम्म भुङ्ग्रो निभ्दैन तबसम्म चुनाव सम्भव हुँदैन’, जिटिए बिओए विनय तामाङको कुरा भने यस्तो छ, ‘राज्य सरकारले हामीलाई बोर्ड अफ् एडमिनिस्ट्रेसन बनाएर राखेका छन्। जसको मियाद पुरा भएको छैन। मियाद पुरा भएपछि चुनावमा कतिबेला जानुपर्छ भन्ने राज्य अनि हामीमाझको कुरा हो।’

अहिले नै जिटिए चुनाउ नहोस् भन्ने पक्षमा छन् विनय तामाङ। उनी पहिले निभेको आगोभित्रको भुङ्ग्रोसमेत निभेपछि मात्र चुनाउ होस भन्ने पक्षमा छन्।   तामाङले मानिसहरू ग्वारग्वार्ती उनीसित आए पनि भित्रि भुङ्ग्रो अझ सेलाएको छैन भन्ने कुरा स्वीकार गरेका छन्। यस्तोमा जिटिए चुनाउ भयो भने त्यही भुङ्ग्रोको आगोले आफूहरूलाई खाक बनाउनेछ भन्ने डर विनय तामाङसित  रहेको देखियो।

‘म पनि चुनाउ होस् अनि चुनाउकै माध्यमबाट नै त्यस ठाउँमा (जीटीए प्रमुखको पदमा) बसोस् भन्ने हामी चाहन्छु,’ जनताले चुनेर बिओएमा नपठाएको सन्दर्भमा उनले भने,  ‘यो जनताको पनि चाहना हो। चाहे म बसौँ, हाम्रो पार्टी बसोस् अथवा अन्य कोहr बसोस् तर चुनाउकै माध्यमबाट बसोस् भन्ने चाहन्छु।’

यद्धपि तामाङले थपे, ‘तर अहिलेघरि सबै परिस्थिति साम्य भएको छैन। सबै परिस्थिति साम्य भएपछि चुनाउ हुनेछ। सायद 2019 मा चुनाव तपाईँहरूका निम्ति एउटा गिफ्ट नै हुनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया