गायिका  आकांक्षा थापालाई सम्वर्द्धना

सजन शर्मा, सुके-पोख्रेबुङ, ३१मई


राइजिङ स्टारको टपटेनमा पुग्न सफल बनेकी राङभाङ बालसन अञ्चलकै चर्चित गायिका  आकांक्षा थापालाई उनको लगनशिलता र गायन धर्मिताको सम्मानमा नागरी फार्म चियाबारी नयाँ रोड समाजले विशेष कार्यक्रमबिच भव्य सम्वर्द्धना जनायो । सङ्गीता थापा तथा सुवोध थापाले प्रायोजन गरेको कार्यक्रम पर्यवेक्षकको रूपमा सीबी बान्तावाको विशेष उपस्थिति थियो ।

ग्रामवासीको उपस्थितिमा सन्तराज मग्रातीले सञ्चालन गरेको कार्यक्रममा सुश्री थापालाई खदामाला अर्पण गर्दै सम्मानित गरियो । सुजेन्द्र थापा र सुजला थापाकी छोरी आकांक्षाले आफ्नो उत्कृष्ट गायनको माध्यमबाट आर्जन गरेको ख्याती क्षेत्रको गौरव हो,अत सुश्री थापा अब हाम्रा निघि हुन् ,वक्ताहरूले यसो भने । सम्वर्द्धित गायिकाले गीत प्रस्तुत गरेको कार्यक्रममा अतिथि कलाकार रूबेन राईले सेक्सोफोनमा दुइवटा धुन बजाएका थिए ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया