रिजर्भ ट्याङ्की निर्माण कार्यमा किन ढिल्याई?

खरसाङ, ३१ मई


खरसाङमा पिउने पानीको समस्या समाधान गर्न खरसाङ नगरपालिका अन्तर्गत बजार क्षेत्रमा पानी वितरण गर्न रिजर्भ ट्याङ्की निर्माण कार्यमा ढिलाई भएको जनसाधारणको जन गुनासो रहेको छ। पुराना र जीर्ण अवस्थामा रहेको पानीको रिजर्भ ट्याङ्की मरमत्ति गर्न नगरपालिका अनि पीएचई विभागको तर्फबाट मिलेर कार्य गरिरहेका छन्।

यस अन्तर्गत खरसाङको सेन्ट हेलेन स्कूलमाथि रहेको चर्किएको पुरानो रिजर्भ ट्याङ्की भत्काएर नयाँ गरी निर्माण कार्य चलिरहेको छ। यो ट्याङ्कीबाट खरसाङ बजार क्षेत्रमा रहेका आधा जनसंख्यालाई पानीको आपूर्ति पुरा गर्न सकिन्छ। यो पुरानो ट्याङ्की भूईचालोको कारण चर्किएर चुहुने भएको कारण खरसाङको जनसाधारणले समस्या भोग्नु परिरहेको छ।

जीटीएको पीएचई विभागले यो पुरानो ट्याङ्कीलाई पूर्ण रुपमा भत्काएर अझ धेरै क्षमता भएको पानीको ट्याङ्की १ करोड ४९ लाख रुपियाँको लागतमा निर्माण कार्यको परियोजना हातमा लिएको छ। यस ट्याङ्की निर्माण कार्यको लागि शिलान्यास गत वर्ष मार्च महिनामा नै गरेर निर्माण कार्य थालिएको थियो। तर यसको निर्माण कार्य अहिलेसम्म पूर्ण हुन सकेको छैन।

बजारको आधा भाग नै यही पानी ट्याङ्कीमाथि निर्भर गरिरहेको भएपनि यसको निर्माण कार्य भने अझै पूर्ण भएको छैन। एक वर्षभन्दा बढी समयपछि पनि यस ट्याङ्की निर्माण कार्य पूरा नभएको कारण स्थानीय जनताको तर्फबाट धेरै जनगुनासो बढ्न थालेको छ। यस ट्याङ्की निर्माण कार्य गर्न गत वर्षको १०५ दिने पहाड बन्दले पनि केही असर  गरेको थियो।  निर्माण कार्य एक महिनादेखि बन्द रहेको कारण जनताले निकै गुनासो गर्न थालेका छन्।

रोकिँदै निर्माण कार्य सुरु हुने गरेको कारण निर्माण कार्यमा निकै ढिलाई भइरहेको तथा शिलान्यास गर्दा एक वर्षको समयावधि नै यो ट्याङ्की निर्माण कार्य सकिने भनिएपनि सुस्त गतिमा निर्माण कार्य भइरहेको कारण अझै पनि निर्माण कार्य पूरा नभएको गुनासो रहेको छ। निर्माण कार्य भइरहेको कारण जनताले पानीको समस्या झेलिरहेका भएपनि चुप लागेर बसेका छन्।

किनभने यो ट्याङ्की निर्माण भएपछि बजारमा पानीको समस्या केही हदसम्म समाधान हुन्छ भन्ने जनताले सोचेका छन्। यसकारण स्थानीय जनताको तर्फबाट यो ट्याङ्की निर्माण कार्य चाँढै पूरा गरियोस् भन्ने आशा राखेका छन्। यो पानी ट्याङ्की निर्माण कार्यमा ढिलाई भएको विषयमा जीटीए पीएचई विभागको कार्यकारी अभियन्ता एनके शर्मासित जान्न चाहादा यसबारेमा यो निर्माण कार्य कन्ट्याक्टरको ढिलाईको हो भनी आफै दु:ख प्रकट गरेका छन्।

उनले यो ट्याङ्की निर्माण कार्यमा कन्ट्याक्टर जिम्मेवारी रहेको बताउँदै वर्क वर्डर निक्लेको १६ महिना भइसकेर पनि निर्माण कार्य पूरा नहुनु विभागको ढिलाई होइन तर यसको ढिलाईमा ठेकेदारलाई पनि लाज हुनपर्ने हो, भनी बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया