हामो सिक्किम पार्टी-लिएर आए भाइचुङ: भने- पवन चामलिङ भारतका सबैभन्दा भ्रष्टाचारी र जातिवादी नेता हुन्

दरमदिन, 31 मई।


भाइचुङले पश्चिम सिक्किमको दरम्दिनबाट आधिकारिकरूपमा  ‘हाम्रो सिक्किम पार्टी’ आजदेखि शुरु भएको घोषणा गरे। एक जनसभाबाट पार्टीलाई सार्वजनिक गरेका हुन्। जनसभालाई  पूर्व मन्त्री आरबी सुब्बाले अध्यक्षता गरेकाथिए। प्रमुख अथिति भाइचुङ आफै थिए।

आकासे निलो र गेरुवा रङको झण्डा पनि सार्वजनिक गरे। यसैबीच पार्टीको सिद्धान्त रहेको पुस्तक र भूमिपुत्र नामको बुलेटिन पनि सार्वजनिक गरे।

यसबाहेक उनी लगायतका 12 जना प्रतिनिधि रहेको पार्टीको कार्यकारी समितिको पनि घोषणा गरे। जसमा उपाध्यक्ष पदमा आरबी सुब्बा, भाइचुङ भुटिया, तारा श्रैष्ठ, तीर्थ शर्मा, डीएस लिम्बू, बिना बस्नेत, अणु शर्मा, दिलीप राई (उपाध्यक्ष/प्रवक्ता) आथुप लेप्चालगायत छन्।

महासचिव (प्रशासन) प्रेम कार्की, सहसचिव योगेन राई अनि प्रचार सचिव पुण्य कोइराला छन्। एमएन दाहालले सबैलाई खदा लगाए।

सबै भएर पनि अध्यक्षको नाम सार्वजनिक गरिएन। ‘जो सबैभन्दा राम्रो, वेदाग नेतालाई नै पार्टीका अध्यक्ष बनाइनेछ,’ एनएन दाहालले यसबारेमा भने, पारम्परिकरूपको संरचना हाम्रो पार्टीमा छैन। सामुहिक नेतृत्व हाम्रो सोच हो। स्वच्छ छवि भेका नेताले नै पार्टीको कमान सम्हाल्नेछन्, एक व्यक्तिको अधिनमा पार्टी रहने छैन।’

यता शुरुको दिन नै भाइचुङ भोटियाले मुख्यमन्त्री पवन चामलिङको खुलेर आलोचना गरे।

‘शुरुदेखि नै चामलिङले जात, धर्मको नाममा राजनीति गरिरहेका छन्। वास्तवमा चामलिङ देशकै सबैभन्दा भ्रष्टाचारी र जातिवादी नेता हुन्,’ उनले भने, ‘यसै कारण सीबीआईलाई सिक्किममा जाँच गर्ने अनुमति दिइरहेका छैनन्।’

चामलिङसित ‘भ्रममा राखेर शोषण गर्ने र आफूलाई देवता बनाइराख्ने’ काइदा रहेको पनि भाइचुङले बताए। ‘चामलिङ चौकी बचाउने राजनीति गर्छन्, जनता बचाउने होइन,’ उनले भने, ‘चामलिङले राई समुदायको काँधमा बन्दुक राखेर अरूतिर हानिरहेका छन्। जब कि सर्वेक्षणले सबैभन्दा गरिब समुदाय सिक्किममा राईलाई नै देखाउँछ।’

भाइचुङले सर्वेले सबैभन्दा धेर आत्महत्या गर्ने समुदाय पनि राई नै देखाएको पनि खुलाए।   ‘छेत्री बाहुन तथा अन्य समुदाय बीच विभेद उत्पन्न गर्न नेपालका गोपाल गुरुङलाई झुटो किताब लेख्न लगाए,’ भाइचुङले खुलाउँदै लगे, ‘गोपाल गुरुङले आफै चामलिङको कर्तुत सार्वजनिक गर्ने जनतामा राखे। 2014 को चुनाउ भाषणमा बुद्धिष्टको सरकार बन्यो भने सिक्किममा तालिबानी शासन हुन्छ, भने। यो त सारा बुद्धिष्टहरूमाथि गरिएको अपमान हो।’

भाइचुङले पैसा बाँडेर चामलिङले जनतालाई अधिकारहरूबाट बञ्चित गरेको आरोप पनि लगाए। कैयौं बिजुलीको योजना भे पनि 24 घन्टा बिजुली नभएको पिउने पानी 24 घन्टै नचलेको  भन्दै  25 वर्षदेखि सरकारको अवस्थाबारे आलोचना गरे।

उनले एक विश्वविद्यालयलाई क्याम्पस बनाउनसमेत नसकेको भन्दै हाम्रो सिक्किम पार्टीले यी समस्याबाट निजात दिलाउने बचनबद्धता प्रकट पनि गरे।

भाइचुङको पार्टीलाई भाजपाको ब्लेसिङ छ भन्ने प्रश्नको जवाब दिँदै  एसडीएफ नै एनडीएमा रहेको बताए। यता ‘हाम्रो सिक्किम पार्टी’  घोषणा भएपछि भारतीय जनता पार्टीका अध्य़क्ष डीबी चौहान भाइचुङ र आरबी सुब्बालाई शुभकामना दिन जनसबा स्थल पुगेका थिए।

तारा श्रेष्ठ, तीर्थ शर्मा, डीएस सुब्बा, बिना बस्नेत, अणुनु शर्मा, इन्द्रहाङ लिम्बुले पनि जनसभालाई सम्बोधन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया