मिस सिक्किम 2018 को अडिशन शुरू

Girl in a jacket

गान्तोक, 02 जून।


सिक्किमे सुन्दरीहरूलाई सफलताको उॅंच्चाइतर्फ अग्रसर गर्न प्रोत्साहित गर्दै आएको पोजिट्यूडको आयोजनमा शनिबारदेखि दुई दिने मिस सिक्किम 2018 को अडिशन शुरू भएको छ। सिक्किमको चारै जिल्लाबाट धेरै संख्यामा युवतीहरू आफ्नो सुन्दरता र योग्यताको परिक्षण दिन अडिशन राउण्डको निम्ति राजधानी गान्तोकको पर्यटन सूचना केन्द्रमा चलिरहेको अडिशनमा उपस्थित भएका छन्।

पछिल्लो प्रतियोगिताहरूमा भन्दा अहिले धेरै चुनौती र युवतीहरूमा प्रतिस्पर्धाको भावना पनि वृद्धि भएको बताउॅंदै पजिट्यूडकी मुख्य कार्यकारी ग्यूर्मिला भोटियाले दुई दिने अडिशनमा निकै बाक्लो सुन्दरीहरूको उपस्थिति रहने आशा व्यक्त गरिन्।

प्रतियोगिता पहिलेको भन्दा चुनौतीपूर्ण हुैॅंदै गएकोले यसपाली प्रतियोगिहरूको चयनमा पनि निकै ध्यान दिने चयन प्रक्रियाको प्यानललिस्टसम्म रहेकी भोटियाले बताइन्। पछिल्लो दुई वर्षको विजेताहरू पेडेन ओङ्गु र पर्मिला छेत्रीको प्रस्तुति र सफलताले गर्दा सिक्किमलाई पनि ग्लेमरको दुनियामा एउटा छुट्टै स्थान प्रदान गरेको हुनाले यस वर्षको मिस सिक्किम अझ प्रतिस्पर्धी र सक्षम हुनुपर्ने हाम्रो सोच रहेको छ।

सिक्किमका युवतीहरूमा राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिने राम्रो क्षमता रहेको भए पनि उॅंच्चाइले भने केही समस्या हुने गरेको बताइन्। दुई दिने अडिशनमा राम्रै ​भिड जम्ने यस वर्ष चाहे जस्तै मिस सिक्किम पाउन सक्ने आशा व्यक्त गरिन्। आदेखि शुरू भएको मिस सिक्किमको अडिशन ग्यू​र्मिला भोटियातिस योगेन तामाङ, देविका गुरूङ आदि रहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया