‘हामी’-ले गऱ्यो शिविर : बाल विकासका नानीहरूले रोपे पर्यावरण दिवस सम्झेर फूल

सजन शर्मा, सुके-पोख्रेबुङ, ३ जून


नागरी फार्म चियाबारीका सचेत युवा जमातको तत्परतामा उदय भएको सामाजिक सङ्गठन ‘हामी’-को तत्वाधानमा स्थानीय उच्चतर माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच तथा चश्मा साथै औषधि वितरण शिविर राखियो । मेची दीव्यवाणी आई हस्पिटल झापा नेपालका आँखा विशेषज्ञ सुरेश सापकोटा,सहायक विशेषज्ञ विकाश घिमिरे,स्वस्थ्यकर्मी आस्था चापागाँई तथा सविना घिमिरेले हस्पिटल सञ्चालक राम शर्मा ओलीको विशेष उपस्थितिमा स्थानीय विभिन्न क्षेत्रका अनेकन रोगीहरूको आँखा जाँच गर्दै उचित परामर्श दिए ।

हामी समूहका अध्सक्ष प्रसन्न राई,उपाध्यक्ष बन्दन प्रधान सचिव आशिष मुखिया,सहसचिव सागर दियाली तथा अन्यको उपस्थितिमा सम्पन्न कार्यक्रममा खुबै कम दरमा चश्मा साथै औषधि वितरण गरियो । जलबिन्दु,मोतीबिन्दु,रेटिना,आँखामा मासु पलाएको अनि अवस्था हेरेर टेड़ोपनको अपरेशन वा थप उपचार निम्ति रोगीहरूलाई आई हस्पिटलमा निम्त्याइएको राम शर्मा ओलीले बताए । अपरेशन र थप उपचार समेत सुलभ मूल्यमा गराउने उनको भनाइ थियो । हामी समूहको यस अभियानबाट धेरै रोगीहरू लाभान्वित बनेका छन् ।


सुके-पोख्रेबुङ : श्री सत्य साई सेवा सङ्गठन नागरी समिति अन्तर्गत बाल विकाशका विद्यार्थीहरूले आउँदो ५ जूनको विश्व पर्यावरण दिवसलाई ध्यानमा राखेर साई केन्द्रमा आज एकाधिक प्रजातिको फूलहरू र फलको बिरूवा रोप्ने कार्य गऱ्यो । समिति बाल बिकाश प्रभारी पीबी थापा तथा विजय गुरूङको अगुवाइमा उपस्थित विद्यार्थीहरूले खुबै जोश र जाङ्गरसाथ फलफूलका बिरूवाहरू रोपे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया