एसएफए सी डिभिजन फुटबल 6 जूनदेखि

गान्तोक, 4 जून।


सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले आगामी 6 जूनदेखि सी डिभिजन फुटबल प्रतियोगिता 2018 आरम्भ गर्ने भएको छ। राज्यका विभिन्न 12 वटा क्लबले भाग लिनेछन्। लिग अर्गनाइजिङ कमिटिका उपाध्यक्ष तेञ्जिङ ग्याम्छोले पत्रकारहरूसित कुराकानी गर्दै भने पहिलो चरणको खेल लीग प्रणालीमा हुनेछ भने त्यसबाट चयन भएका क्लबहरूले सेमीफाइऩलमा नक आउट प्रणालीमा भिडन्त गर्नुपर्नेछ।

13 जूनको दिन देखि सेमिफाइनल हुनेछ। भने 16 जूनको दिन फाइनल हुनेछ। पाल्जोर स्टेडियममा हुने यो फुटबल प्रतियोगिता एआइएफएफको मानदण्डमा हुनेछ। उनले दिएको जानकारी अनुसार विजेता र उपविजेता दललाई भने राज्यको बी डिभिजनमा खेल्ने मौका पाउने छ। यस प्रतियोगितामार्फत ए वर्गको फुटबल टीम बनाउने दिशामा एउटा पहलको रूपमा रहेको आयोजक पक्षको भनाइ छ।

जसले राज्य सरकारद्वारा घोषित ए वर्गको खेलकूद क्लबहरूको निम्ति अनुदान प्रदान गर्ने व्यस्वस्थाको निम्ति अघि पहल हुनसक्ने सम्भावनालाई ध्यानमा राखिएको पनि आयोजक पक्षले बताएको छ। सी डिभिजनको प्रतियोगितामा यङ बोइज एकाडेमी, जेभीसी सिंगतामा, छुजाचेन स्पोर्ट्स एकाडेमी, रानीपूल एफसी, सिक्किम एचएससी, कुमार स्पोर्टिङ क्लब, निमटार एफसी, सिक्किम बोइज एफसी, जोङग्री एफसी, सासिनेन्स एफसी, सुमिन एफसी, यङ अर्किड क्लब रहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया