बनियो किराँत धर्म र साहित्यको काम गर्ने आमा समूह

लामागाउँ, 4 जुन


किराँत धर्म तथा साहित्य उत्थान सङ्घ लामागाउँ शाखाको एक महत्त्वपूर्ण सभा सङ्घको सभापति भीम लिम्बुको सभापतित्वमा भयो।
सङ्घको सचिव सरद लिम्बुदारा सञ्चालित सभामा भीम लिम्बू ,शेर बहादुर लिम्बू,धन बहादुर लिम्बु ,अम्बिका लिम्बुले सभालाई सम्बोधन गरे ।

सभाको प्रमुख एजेन्डा आमा समुहको गठन रहेकोे थियोे ,जसले किराँत धर्म तथा साहित्य उत्थानको लागि भातृ सङ्गठनकोरूप कार्य गर्नेछ । नव गठित कार्यकारी समितिमा सभापति जसुहाङ्ममा लिम्बू ,कोषाध्यक्ष रेनु नेम्बाङ ,सचिव अम्बिका लिम्बुलाई सर्वसम्मतिले चयन गरियो । आजको सभामा उपस्थित आमाहरुलाई सदस्यको रूपमा चयन गरियो।अब उप्रन्त मन्दिर (मङ्हीम)हेरचाह गर्ने,सरसफाइको जिम्मेवार आमा समुहलाई सुम्पियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया