पर्चापट्टाबारे चर्चा : ‘घर बनाउन प्रबन्धकबाट एनओसी लिन पर्दैन’

सजन शर्मा, सुके-पोख्रेबुङ, ५जून


गोर्खा जनमुक्ति मोर्चा पोख्रेबुङ चामोङ समष्टिको सभा सुदेश राईको अध्यक्षतामा सेलेम्बोङ सार्वजनिक भवनमा सम्पन्न भयो । समष्टिका सम्पूर्ण दसवटा शाखा प्रशाखालाई लिएर आयोजना गरिएको सभालाई सहसचिव एमबी स्याङबोले सञ्चालन गरेका थिए। सभामा जमीनको पर्जा पट्टाबारे व्यापक चर्चा गरियो ।

सम्बोधन गर्दै ट्रेड युनियन समष्टि सचिव साजन गुरूङले श्रमिकवर्गले अब मालिकाना अधिकार प्राप्त गर्ने ठहर गर्दै घर बनाउन प्रबन्धकबाट एनओसी लिन नपर्ने बताए । युवा मोर्चाका सचिन गुरूङले मोर्चाले गर्दै आएको पहलको जानकारी गराए। सहसचिव स्याङबोले सञ्चालनको क्रममा छिरिङ दहालको भूमिकामाथि प्रकाश पारे ।

अध्यक्ष सुदेश राईले पर्जा पट्टाको निम्ति आवश्यक फार्म भरेर चाहिने डकुमेन्टस बुझाउने सुझाउ दिए । यो प्रक्रिया प्रशाखाबाट शाखा समष्टि हुँदै माथिल्लो तहमा लानपर्ने तिनले बताए ।यस आशयको जानकारी प्रवक्ता सरोज तामाङले दिएका हुन

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया