गायिका प्रतिक्षा थापालाई शुभकामना

सजन शर्मा, सुके-पोख्रेबुङ 6 जून


दार्जीलिङ पुलिसद्वारा आयोजित पहाड़ी प्रतिभाको खोजी अभियानमा आधारित राइजिङ स्टारको सिनियर सेक्सनको शिर्ष दसमा पुगेकी गायिका प्रतिक्षा थापालाई जीतको अग्रीम बधाइ तथा शुभकामना व्यक्त गर्न ग्राम सुधार सङ्घ प्रभात ग्राम रानीवन धजे चियाबारीले एउटा कार्यक्रम आयोजना गरेको थियो । कुन्दन थापाको अध्यक्षतामा प्रनित थापाले सञ्चालन गरेको उक्त कार्यक्रमा गायिका प्रतिक्षासितै उनका बाबा रहिम थापा र आमा जशोदा थापालाई पनि सम्मान गरियो । विशप थापा,ध्रूव चौहान,भूपाल सुब्बा आदिको आतिथ्य रहेको कार्यक्रममा प्रतिक्षा थापा,रिशाद राई,पङ्कित थापा,आयुश राई,ईस्ना राई,टीना राई ,स्मृति थापा र अन्यले गायन अनि नृत्य प्रस्तुत गरेको रजत राईले जानकारी दिएका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया