अखिल भारतीय युवा लेखक सम्मेलनमा नरेश कटुवाल

सञ्जीव मोहोरा, सोनादा 6 जुन


साहित्य अकादमी नयाँ दिल्लीद्वारा आयोजना गरिने अखिल भारतीय युवा लेखक सम्मेलनमा यस बर्ष नेपाली भाषाबाट सोनादाका युवा कवि नरेश कटुवालले अंशग्रहण गर्नेछन्।

साहित्य अकादमीको अधिकारिक पत्रअनुसार मणिपुरको काकचिङमा आयोजना हुन लागेको अखिल भारतीय युवा लेखक सम्मेलनमा भारतबर्ष भरिका मान्यताप्राप्त भाषाका युवा लेखकहरुको समागम हुनेछ भने यही ८ अनि ९ जुनको दिन हुन लागेको उक्त सम्मेलनमा नेपाली भाषालाई प्रतिनिधित्व गर्दै कटुवालले आफ्नो प्रस्तुति दिनेछन।

सोनादा उच्चतर विद्यालयमा सहशिक्षकको रूपमा कार्यरत युवा कवि नरेश कटुवालको पुस्तक साहित्य अकादमीद्वारा बर्ष २०१३ मा ‘गाउँका निलडामहरु’ प्रकाशित भइसकेको छ। उनले विभिन्न पत्र पत्रिकाहरुको सम्पादन पनि गरिरहेका छन् ।

थुप्रै साहित्यिक, सामाजिक, सांस्कृतिक तथा अध्यात्मिक सङ्घ संस्थाहरुसित संलग्न रहेका कटुवाल सोनादा साहित्य संस्थानका एक कर्मठ सदस्य पनि हुन्।  सोनादा साहित्य संस्थानले सफलताको कामना गर्दै अग्रिम शुभकामना व्यक्त गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares